Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

गलत काम गर्नेलाई छाड्दिनँ : आईजीपी ज्ञवाली

spot_img
spot_img

वीरगंज । प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले स्वार्थ वा प्रलोभनमा परेर गैरव्यावसायिक कार्य गर्ने जोकोही प्रहरी कर्मचारीलाई क्षमा नदिने बताएका छन् ।

बारा, पर्सा र रौतहट जिल्ला तथा मातहत कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीलाई प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालय पथलैयामा आयोजित कार्यक्रममा निर्देशन दिँदै ज्ञवालीले यस्तो बताएका हुन् ।

राज्य र प्रहरी संगठनले सोचेजस्तो एवं आमनागरिकले खोजेजस्तो उत्कृष्ट प्रहरी सेवा प्रवाह गर्नु प्रहरी कर्मचारीको दायित्व रहेको उनको भनाइ छ । प्रहरी समाजको अभिन्न अंग भएकाले आमनागरिकलाई व्यावसायिक एवं सहज रूपमा सेवा प्रदान गर्नुपर्ने उल्लेख गर्दै ज्ञवालीले भने, “उत्कृष्ट सेवाको प्रतिफल स्वरूप नागरिकबाट प्राप्त स्याबासी नै हाम्रो ऊर्जा हो । त्यसैले नागरिक सेवालाई केन्द्रमा राखी थप उत्कृष्ट सेवा दिनेतर्फ सबै प्रहरी कर्मचारीहरु केन्द्रित र दृढ रहनुपर्छ ।”

प्रहरी कर्मचारीहरू उच्च आचरण र व्यवहारको नमुना बनुन् भन्ने आफ्नो उत्कट चाहना रहेको आईजीपी ज्ञवालीले बताए । संगठनविरुद्ध लाग्ने जो कोही सजायको भागिदार हुनुपर्ने तर असल नियतले सबैको हितका लागि संगठनको नीतिअनुरूप गरेका कुराहरूको संरक्षण संगठनले गर्ने उनले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...