Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

वीरगंजमा एकताकाे लागि दाैड

spot_img
spot_img

वीरगंज । सेना दिवसको उपलक्ष्यमा नेपाली सेनाले ‘एकताको लागि दौड– वीरगन्जमा म्याराथन २०२०’ प्रतियोगिताको आयाेजना गर्न लागेकाे छ ।

नेपाल सरकार रक्षा मन्त्रालय, नेपाली सेना मध्य पृतनाको अगुवाई र मध्य पूर्वी पृतनाको सहयोगमा नं. २८ बाहिनी अड्डाको सेनाले ४२ किलोमिटरको वीरगन्ज म्याराथन २०२० को आयोजना गर्न लागेको हो ।

वीरगन्ज महानगरपालिकाको संयोजकत्व, भिजिट नेपाल २०२० प्रदेश २ र वीरगंज उद्योग वाणिज्य संघको सह आयोजनामा यही फाल्गुन १७ गते प्रतियोगिता शुरु हुने वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले बताए । प्रतियोगितामा ६ हजार भन्दा बढीको सहभागिता हुने छ । जसमध्ये ४१ सय जनालाई नि:शुल्क टि सर्ट र टोपी उपलब्ध गराईने छ ।

सेनाले आईतबार उद्योग वाणिज्य संघमा अयोजना गरेको पत्रकार सम्मेलनमा “स्वच्छ देश—स्वस्थ मधेश” भन्ने मुल नाराका साथ ‘एकताको लागि दौड’ म्याराथन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको मेयर सरावगीले बताए । उनले विभिन्न सहयोगि दाताहरुको सहयोगमा करिब ७५ लाखको लागतमा प्रतियोगता गर्न लागिएको जानकारी दिए ।

विभिन्न १४ समूहमा प्रतियोगितालाई विभाजन गरिएको छ । पहिलो दौड प्रतियोगितामा ४२ किलोमिटर दुरी तय गर्ने प्रथम प्रतियोगिलाई नगद २ लाख प्रदान गरी सम्मान गरिने छ । त्यसैगरी दोश्रो हुनेलाई एक लाख पचास हजार र तेश्रो हुनेलाई १ लाख नगद प्रदान गरिने छ । बाराको पिलुवाबाट शुरु हुने ४२ किलोमिटरको दौड कलैया हुदै गढीमाई र गढीमाईबाट पुन फर्कदै वीरगन्ज स्थित नेपाली सेनाको व्यारक सम्मको दुरी तय गरिने छ ।

त्यसैगरी हाफ म्याराथनमा महिला र पुरुष गरी छुटाछुट्टै २१ किलोमिटरको दुरी तय गरिने छ । व्यारकबाट शुरु हुने दौड बाराको सिसहनिया चौकबाट पुन फर्कदै व्यारक सम्मको दुरी तय गरिने छ । यसका प्रथम हुनेलाई ७५ हजार, दोश्रो हुनेलाई ५० हजार र तेश्रो हुनेलाई ३५ हजार नगद प्रदान गरिने मेयर सरावगीले बताए ।

म्याराथन प्रतिगितालाई १४ समूहमा विभाजन गरिएको छ । १५ हजार देखि २ लाख सम्म नगद रासीको व्यवस्था समेत गरिएको आयोजक संस्थाले जनाएको छ । प्रतियोगितामा सिभिलियन र फौज तर्फको १०-१० कि.मि. को दौड, विभिन्न स्कुले छात्रछात्राहरुको लागि ५ कि.मि.को दौड, ५ किलोमिटरको हारिटेज वाल र १ किलोमिटरको जेष्ठ नागरिकको लागि दौडको आयोजना गरिएको छ ।

प्रतियोगिताको उद्घाटन नेपाली सेनाका प्रमुख पुर्णचन्द्र थापा र प्रदेश २ का मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्दीले संयुक्त रुपमा गर्ने निश्चित भएको नेपाली सेनाको २८ बाहिनी अड्डाका सहायक रथी अनुपजंग थापाले बताए ।

म्याराथन प्रतियोगिताले प्रदेश २ मा खेलकुदको विकासमा टेवा पुग्ने, नया खेलाडीको उत्पादन र पहिचान, विभिन्न निकायहरु संग सम्बन्ध विस्तार हुने र प्रदेश सरकारले संचालन गरेको स्वच्छता अभियानमा पूर्णरुपमा सहयोग पुग्ने उदेश्यले यो प्रतियोगिताको आयोजना गरिएको उनले बताए ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाको अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, महासचिव माधव राजपाल, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जारा, नेपाली सेना चण्डीप्रसाद गण पर्साका गणपती मदन जंग राणा लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...