Date
बुध, साउन २०, २०८३
Wed, August 5, 2026

जनताका हरेक समस्याको समाधान गर्न तत्पर छु : सांसद यादव

spot_img
spot_img

वीरगंज । समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं संघीय सांसद प्रदीप यादवले ‘जनता दर्शन’ कार्यक्रमअन्तर्गत आज (आईतबार) भवानीपुरको जनतासंग भेटघाट गरेका छन् ।

वीरगंज महानगरपालिका वडा नं. १८ भवानीपुरको समस्याबारे अवलोकन तथा भेटघाट गर्दै सांसद यादवले क्षेत्रभित्रका जनताको समस्या बुझी समाधानका निम्ति संसददेखी सडकसम्म सधै जनताको विकास र समृद्धिको कुरा उठाई रहेकाे वताए । पर्सा क्षेत्र नं. १ बाट निर्वा्चित सांसद यादव ‘‘जनता दर्शन’’ कार्यक्रम अन्तर्गत विभिन्न ठाउँको समस्या पहिचान गरी समाधान पनि गरिसकेका वताए ।

उनले केही दिन अगाडी मात्र वीरगंज महानगरपालिका–२० अपौनीमा ४० लाखको लागतमा खेलकुद मौदान निर्माण तथा वीरगंज मनपाकै वडा नं. १८ मा नै पर्ने ईनार्वामा ४५ लाखको लागतमा पोखरी सौन्दर्यीकरण तथा छठघाट निर्माणस्थलको सिलन्यास गरेकाे वताए ।

यस्तै वीरगंजको राधेमाईस्थित रहेको रामजानकी मंदिर निर्माण कार्यको पनि सिलान्यास गरेकाे वताए ।  सधै जनताको सम्पर्कमै रहने चाहना अनुसार आफु खाली समयलाई पनि विशेष रुपमा सदुपयोग गर्नका लागि ‘अपनेके सांसद, अपने के द्धार’ नाराका साथ जनता दर्शन कार्यक्रम सुरु गरेको वताए ।

आफु क्षेत्रका हरेक जनताको घरमा पुगेर समस्या बुझ्ने र त्यो समस्या तत्कालै समाधान गर्ने योजना सहितको अठोट लिई अगाडी बढिरहेको वताए ।

अवलाेकन तथा भेटघाटकाे क्रममा सांसद यादव संग भवानीपुर बासीले स्कुल निर्माण, समसानघाट निर्माण, पोखरी सौन्दर्यीकरण, सडक ढलान लगायतको समस्या रहेकाे सुनाएका थिए । उनले स्थानीयद्वारा आएको समस्या चाँडै नै समाधान गर्ने प्रतिबद्धता जनाए ।

आफू जनप्रतिनिधि भएको हुनाले जनताका हरेक समस्याको समाधान गर्ने आफु तत्पर रहेको उनकाे भनाई थियाे । उनले भने ‘जनता दर्शन कार्यक्रमा आएका समस्या कहाँबाट समाधान हुन्छ, त्यहाँ सम्बन्धित व्यक्ति लिएर आफै पुग्छु, चाहे केन्द्र होस्, प्रदेश होस् या स्थानीय तह नै किन नहोस् सबै ठाउँमा आफै पुगेर त्यसको समाधानका लागि प्रयास गरी आफ्नै पालामा आफ्नो क्षेत्रलाई समृद्ध देख्न चाहने सपना रहेको बताए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...

पर्सामा २३ लाख ५८ हजार रुपैयाँभन्दा बढीका अवैध सामान बरामद

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले दुई दिनको कारबाहीमा रु. २३ लाख ५८ हजार ९० बराबरका अवैध सामान तथा...