Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

मोटरसाइकलको सिट भित्र गाँजा सहित मानिस पक्राउ

spot_img
spot_img

वीरगञ्ज । पर्साको अमरपट्टीबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका–५ भौराटार बस्ने २६ वर्षीय मन्सी महतो साढे ५ किलो गाँजासहित पक्राउ परेका हुन् ।

प्रहरी चौकी अमरपट्टीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनलाई विन्दवासीनी गाउँपालिका–४ अमरपट्टीबाट नियन्त्रणमा लिएको हो ।

ना.३ प ९६३ नम्बरको मोटरसाइकलको सिट कभरभित्र गाँजा राखेर भारततर्फ लैजान लागेको अवस्थामा उनी पक्राउ परेको प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए । ‘ओरिजिनल सिट हटाएर उनले गाँजाकै सिट बनाएका रहेछन् । नर्मल सिटजस्तै बनाएर बाहिर सिट कभर लगाएका रहेछन्,’ प्रहरी निरीक्षक सिंहले भने, ‘चेकजाँचको क्रममा त गाँजा पो भेटियो ।’

महतोलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...