Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

वीरगन्जमा स्वामी विवेकानन्द ज्ञान परिक्षा सम्पन्न

spot_img
spot_img

वीरगन्ज । ‘‘आदर्श बिद्यार्थी नै आदर्श नागरिक बन्नेछन्, संस्कार र संस्कृती नै राष्ट्रका प्राण हुन’’ भन्ने मुल नाराका साथ हिन्दु स्वयंसेवक संघ नेपालले बिहिबार वीरगन्जमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परिक्षा सम्पन्न गरेको छ ।

वीरगन्जको सिद्धार्थ माध्यमिक विद्यालयमा आयोजित परिक्षामा सनलाईट माविका कक्षा ७ मा अध्ययनरत छात्र निरन्जन कुमार गुप्ता प्रथम भएका छन । उनलाई नगद २१ हजार र सम्मान पत्र दिईएर पुरस्कृत गरिएको थियो । परिक्षामा माईस्थान विद्यापिठ माविका कक्षा ९ मा अध्ययनरत छात्रा सुष्मा पाण्डे दोश्रो भएकी छिन भने तेश्रोमा माईस्थान विद्यापिठकै सुनिल कुमार चौरसिया भएका हुन । दुवैलाई क्रमश १५ हजार ५ सय र ११ हजार ५ सय नगद प्रदान गरी सम्मान गरिएको थियो ।

त्यसैगरी सान्तावना हुने सिद्धार्थ मावि, गौत्तम मावि, तेजस एकेडमी, नेशनल एकेडमी र वीरगन्ज एकेडमीका ५१ जना छात्रा तथा छात्रहरुलाई जनही नगद १ हजार १ सय रुपैया नगद र सम्मान पत्र प्रदान गरी सम्मान गरिएको थियो । परिक्षा पश्चात आयोजित सम्मान कार्यक्रममा वीरगन्जका मेयर विजय कुमार सरावगी र हिन्दु स्वंयम सेवक संघका राष्ट्रिय सह प्रचारक रेवित कुमारले नगद तथा सम्मान पत्र प्रदान गरेर सम्मान गरेका थिए ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै हिन्दु स्वंयम सेवक संघका राष्ट्रिय सह प्रचारक रेवित कुमारले कुनैपनि धर्म, समाज, वा जस्तो सुकै विचार महान भएपनि तिनका अनुवायीहरुले त्यो धर्म, समाज वा विचारलाई नयाँ पिडिमा लागु गराउँन सक्दैन् तबसम्म यसको उत्थान हुदैन र संरक्षण विना पृथ्वीबाट धर्म संस्कृति नै समाप्त हुन्छ ।

हिन्दु धर्म, संस्कृति र संस्कार बारे करौडो बर्षदेखि हाम्रा पुर्खाहरुले एक पिडिबाट अर्को पिडिमा हस्तान्तरण गरेका कारण आज हाम्रो हाथमा पुगेको छ, उनले भने, ‘हाम्रो हातबाट अब नयाँ पिडिमा आफनो धर्म संस्कारको बारेमा जानकारी गराईन भने, त्यो धर्म संस्कार विग्रिदै जान्छ त्यसैले यसमा सचेत भएर धर्म संस्कृतिको उत्थान गर्नुपर्छ ।

विवेकानन्द संस्कृति ज्ञान परिक्षाले नेपालको सांस्कृति, सभ्यता, वरिष्ठलाई आदर, कनिष्ठलाई माया र सम्मान हुनेलाई सम्मान गर्न सक्ने वातावरणको सृजना गरेका बताए । राष्ट्र भाव, ईतिहासको जर्गेना, आत्माको शुद्धिकरण, संस्कृति शुद्धताको लागि, र आफैलाई चिन्नको लागि यो विवेकानन्द संस्कृति ज्ञान परिक्षाको आयोजना गरिएको हो, उनले भने, यो परिक्षामा अहिले सम्म ७० हजार बन्दा बढी विद्यार्थीहरुले सहभागिता जनाई सकेको छ, जसले गर्दा हामी भित्र लुकेर रहेको उर्जालाई जागरुक बनाउने मद्दत गरेको छ ।

हामी अहिले आफनो संस्कृति र ईतिहार विर्सेका छौ, कतिपयलाई त हाम्रो ईतिहासको बारेमा पनि जानकारी छैन रेवित कुमारले भने, विद्यार्थी जीवन मै आफू को हो, देश, संस्कृति, भुगोल र ईतिहासको बारेमा बुझन सक्यो भने, देश निर्माणमा अझै धेरै मैत्री बनाउन सकिन्छ ।

हामी जतिसुकै सम्बृद्ध भएर पनि सवल हुदैनौ संस्कृति पनि जीवनमा मिसाउनु पर्छ, संस्कृति सभ्यता सगै आर्थिक उन्नत हो उनले भने, त्यो भयो भन्ने मात्र सामाजिक रुपमा उच्च हुनसक्छौ, आर्थिक रुपमा सम्बृद्धि हुन सक्छौ, सांस्कृतिक रुपमा वरिष्ठ हुन्छौ जसले गर्दा देशको लागि ठूलो गौरवको काम गर्छ ।

उनले भने, काँधमा जिम्मेवारी, दिमागमा सम्झदारी आजको आवश्यकता हो र यो आवश्कताको लागि विवेकानन्द ज्ञान परिक्षाले नै पुर्णता दिन्छ । परिक्षामा वीरगन्जका ३८ वटा निजि तथा सामुदायिक विद्यालयका करिब १ हजार ८ सय छात्र, छात्राहरुको सहभागिता रहेको थियो ।

सिद्धार्थ माविका प्रधानाध्यापक राजेश पाण्डेको संयोजकत्वमा भएको कार्यक्रममा हिन्दु स्वंयसेवक संघ पर्साका संघचालक ललन द्विवेदी, पशुपति शिक्षा मन्दिरका अध्यक्ष एवं वरिष्ठ समाजसेवी अशोक बैद्य, विश्व हिन्दु परिषदका महासचिव जितेन्द्र सिंह, संघका प्रचारक रंजित साह, कृष्ण चौरसिया लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...