Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

दुव्र्यवहार गर्ने वडाध्यक्षमाथी कारवाहीकाे माग, गाउँपालिका बन्द

spot_img
spot_img

वीरगंज । पर्साकाे बिन्दावासिनी गाउँपालिकाका निम्मित प्रमुख प्रशासकिय अधिकृत मुन्ना कुमार राैनियारलाई दुव्र्यवहार गर्ने वडाध्यक्षमाथी कारवाहीकाे माग गरिएकाे छ ।

जिल्ला प्रशासन कार्यालय पर्सामा बिहिबार कर्मचारीहरुकाे एक समुह पुगी दुव्र्यवहार गर्ने वडा नं. ५ का वडाध्यक्ष सुकदेव राउत अहिरमाथी कारवाहीकाे माग गरेकाे हाे ।  सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतलाई भेट्दै कर्मचारीहरुले वडाध्यक्ष अहिरमाथी सार्वजनिक अपराध मुद्दा दर्ता गर्न माग गरे ।

प्रमुख प्रशासकिय अधिकृत राैनियार सहित केही कर्मचारीहरुले लखित रुपमै कारवाहीकाे माग गर्दै सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतलाई निवेद समेत दिए ।

निजमती कर्मचारी अधिकारीक ट्रेड युनियन पर्साका अध्यक्ष सुभादार यादव, निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित कुमार गिरी, बिन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानु लगायतका दर्जनाैंकाे संख्यामा रहेका कर्मचारीहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

दुव्र्यवहारकाे विराेधमा बिन्दवासिनी गाउँपालिकाका कर्मचारीहरुले बिहिबार गाउँपालिकाकाे कामकाज समेत ठप्प पारेका छन् ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...