Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

दुव्र्यवहार गर्ने वडाध्यक्षमाथी कारवाहीकाे माग, गाउँपालिका बन्द

spot_img
spot_img

वीरगंज । पर्साकाे बिन्दावासिनी गाउँपालिकाका निम्मित प्रमुख प्रशासकिय अधिकृत मुन्ना कुमार राैनियारलाई दुव्र्यवहार गर्ने वडाध्यक्षमाथी कारवाहीकाे माग गरिएकाे छ ।

जिल्ला प्रशासन कार्यालय पर्सामा बिहिबार कर्मचारीहरुकाे एक समुह पुगी दुव्र्यवहार गर्ने वडा नं. ५ का वडाध्यक्ष सुकदेव राउत अहिरमाथी कारवाहीकाे माग गरेकाे हाे ।  सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतलाई भेट्दै कर्मचारीहरुले वडाध्यक्ष अहिरमाथी सार्वजनिक अपराध मुद्दा दर्ता गर्न माग गरे ।

प्रमुख प्रशासकिय अधिकृत राैनियार सहित केही कर्मचारीहरुले लखित रुपमै कारवाहीकाे माग गर्दै सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतलाई निवेद समेत दिए ।

निजमती कर्मचारी अधिकारीक ट्रेड युनियन पर्साका अध्यक्ष सुभादार यादव, निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित कुमार गिरी, बिन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानु लगायतका दर्जनाैंकाे संख्यामा रहेका कर्मचारीहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

दुव्र्यवहारकाे विराेधमा बिन्दवासिनी गाउँपालिकाका कर्मचारीहरुले बिहिबार गाउँपालिकाकाे कामकाज समेत ठप्प पारेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...