Date
शुक्र, कार्तिक २७, २०८३
Fri, November 13, 2026

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

spot_img
spot_img

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित पर्साका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई सम्मान गरिएको छ।

जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षता तथा पार्टीका राष्ट्रिय उपाध्यक्ष माधव सिंहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य क्षेत्रका अगुवा तथा पार्टीका केन्द्रीय, जिल्ला र स्थानीय तहका नेता–कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, जनता समाजवादी पार्टी (जसपा) नेपालका पर्सा जिल्ला अध्यक्ष रामनरेश यादव तथा जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्यहरू रम्भा मिश्र, विनय यादव, अनिता रौनियार, मालती कुशवाहा र राजुराज गिरीलगायतको उपस्थिति थियो।

त्यसैगरी, जिल्ला उपाध्यक्षद्वय नागेन्द्र गुप्ता र जमिला खातुन, जिल्ला सचिव फुलेना कुशवाहा, सहसचिव सत्जुग साहसहित विभिन्न वडा तथा पालिका तहका नेता–कार्यकर्ताहरू सहभागी भएका थिए।

कार्यक्रममा सहभागीहरूले बडादसैँ, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान गर्दै सामाजिक सद्भाव, भाइचारा, एकता र सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए। विभिन्न समुदायबीच आपसी सम्मान र सहअस्तित्व कायम राख्दै चाडपर्वलाई सामाजिक सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा मनाउनुपर्ने उनीहरूको भनाइ थियो।

यसै अवसरमा पार्टीको दोस्रो महाधिवेशनबाट केन्द्रीय पदाधिकारी तथा केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित पर्साका नेताहरूलाई सम्मान गरिएको थियो। सम्मानले पार्टीको संगठनात्मक एकता मजबुत बनाउनुका साथै नेता–कार्यकर्तामा थप उत्साह जगाउने विश्वास व्यक्त गरिएको थियो।

कार्यक्रममा नेताहरूले मधेशको अधिकार, पहिचान, सामाजिक न्याय तथा आर्थिक–सामाजिक रूपान्तरणका सवालमा एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए।

आयोजकका अनुसार कार्यक्रमले विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य क्षेत्रका अगुवा तथा जनमत पार्टीका नेता–कार्यकर्ताबीच आपसी सम्बन्ध, सद्भाव र सहकार्य थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज कारागारबाट फरार कैदी भारतको आदापुरमा पक्राउ

वीरगंज । वीरगंज कारागारबाट फरार भएका कैदीलाई प्रहरीले पाँच घण्टाभित्रै भारतको सीमाक्षेत्रबाट पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका पर्साको पोखरिया नगरपालिका–४...

एमाले प्रसौनी गाउँ कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बारा । नेकपा एमाले प्रसौनी गाउँ कमिटीको आयोजनामा दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। गाउँ कमिटीका अध्यक्ष नजिर हुसेनको अध्यक्षता...

मल र गहुँको बीउ तस्करीको आरोपमा नेपाली नागरिक पक्राउ

पर्सा । भारत–नेपाल सीमामा तस्करी नियन्त्रण अभियानअन्तर्गत भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले मल र गहुँको बीउसहित एक नेपाली नागरिकलाई पक्राउ गरेको छ। घटनास्थलबाट...