Date
सोम, साउन १८, २०८३
Mon, August 3, 2026

छोरीहरुले आफैं काँधमा बोकेर बुबाको शव आर्य घाटमा लगे

spot_img
spot_img

जनकपुरधाम । प्रदेश २ जहाँ एकातर्फ मृत्युपश्चात दाहसंस्कारमा चितालाई घाटसम्म लैजानेदेखि दाहसंस्कार गर्नेसम्मका सम्पूर्ण कार्यभार पुरुषको जिम्मामा रहन्छ भने अर्कोतर्फ महिलालाई यस कार्यमा पूर्णतया निषेश गरिन्छ ।

प्रदेश २ कै धनुषा जिल्लामा चिता काँधमा उठाएर घाट लैजाने र दाहसंस्कार गर्नेसम्मका सम्पूर्ण काम परिवारका महिलाहरुले गरेका छन् ।

धनुषाको सवैला नगरपालिकामा रामनारायण यादवको निधन भयो । यादवका पाँच छोरी मात्र रहेका छन् । छोराले मात्र दाहसंस्कार गर्नुपर्ने मान्यता रहेको समाजमा यादवको मृत्युपछि दाहसंंस्कार कसले गर्ने भन्ने विषयमा छलफल भयो ।

गाउँलेहरुले आफन्त नाता पर्ने कोहि छोराबाट गराउने कुरामा जोड दिए । तर यादवका छोरीहरुले त्यस कुराको विरोध गर्दै बुबाको दाहसंस्कारका सम्पूर्ण कार्य आफैँले गर्ने निधो सुनाए ।

पाँच छोरीले आफैं काँधमा बोकेर बुबाको शव उठाए । घाटमा यादवकी ६२ वर्षीया पत्नी राधिकादेवीले पतिको पार्थिव शरीरमा दागबत्ती दिइन् । विवाह भइसकेका पाँच वटै छोरीहरुले समाजको कुरीतिविरुद्ध गरेको प्रयास उदाहरणीय बनेको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज–७ मा चार महिनादेखि बाटो अवरुद्ध गरी घर निर्माण, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ रेल्वे रोडमा सार्वजनिक बाटो अवरुद्ध गरी निजी घर निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीय आनन्द चौधरीले करिब चार...

बालमैत्री सिकाइ वातावरणका लागि पटेर्वा सुगाैलीमा ४ कोठे विद्यालय भवनको शिलान्यास

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वामा निर्माण हुने ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । दिव्य विकास...

जबरजस्ती करणीको आरोपमा वीरगंजका निखिल सिंह पक्राउ

वीरगंज । १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले वीरगंजका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१३ राधेमाई निवासी अन्दाजी २८...