Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

घाइते सायराकाे उपचारमा अझै आर्थिक समस्या

spot_img
spot_img

वीरगंज । घुर ताप्ने क्रममा गम्भीर घाइते भएकी महिलाकाे नेपाली कांग्रेसका युवा नेता मनिकान्त गुप्ताले सहयाेग गरेका छन् ।  पर्साको छिपहरमाई गाउँपालिका – ५ भिस्वाकी घाइते ५० बर्षीया सायरा खातुनलाई स्थानिय युवा नेता गुप्ताले रु ५ हजार नगद सहयाेग गरेका हुन् ।

नारायणी अस्पतालमा उपचार गराइरहेकी घाइते सायरालाई अस्पताल मै साेमबार दिउसाे पुगी गुप्ताले सायरका पति रजाक मियाँलाई नगद रु ५ हजार हस्तान्तरण गरे ।

पहिलेदेखि नै बिरामी रहेकी सायरा आइतबार बिहान घुर तापेर उठ्ने क्रममा आगोले जलेकी थिइन । आर्थिक अवस्था कमजोर रहेका कारण मियाँ परिवारले आगोले पोलेपछि पनि सायरालाई उपचारका लागि स्वास्थ्य संस्था लगेका थिएनन् ।

स्थानीय ताराचन्द पण्डितको पहलमा आगाे लागेकाे झन्डै  ३ घण्टा पछि उनलाई छिपहरमाई गाउँपालिकाकाे एम्बुलेन्सले उनलाई नारायणी अस्पताल ल्याइएको थियो ।

पैसा नभएकै कारण अस्पतालमा उपचारका लागि समस्या भएको थियो । नारायणीमा अभ्यासका लागि गएका हिमाल इस्टिच्युट अफ हेल्थ साइन्समा एचए अध्ययनरत विद्यार्थीहरुले खाजा खर्चबाट पैसा जोगाएर सहयोग गरेका थिए ।

आर्थिक अभाव कै कारण औषधी खरिद गर्न नसकेको नपाएको जानकारी पाएपछि नास्ताको पैसा बचाएर ५ सय रुपैयाँ सहयोग गरेका थिए । पछि सायरकाे अवस्थाकाे बारेमा वीरगंजका कलकार अजमत अलीलाई थाह भए पछि उनी पनि अस्पतालमा पुगी सहयाेग गरेका थिए ।

पण्डितका अनुसार मियाँ परिवार गरिब भएका कारण उपचारका अझै आर्थिक समस्या भइरहेको छ । रजाक मियाँले पनि श्रीमती सायराको उपचारका लागि सहयोग गरिदिन आग्रह गरेका छन् । साेमबार उनलाई अस्पतालकाे आइसियु कक्षमा लगेर उपचार लगिएकाे छ भने अवस्था चिन्ताजनक नै रहेकाे छ ।

यस अघि पनि छिपहरमाई गाउँपालिकाकी एक महिला आगाेले जलेकी थिइन । गरिब परिवारकी ति महिलाकाे आर्थिक अभावका कारण उपचारमा समस्या भए पछि मृत्यु भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...