Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

वीरगंजमा माेटरसाइकल चाेरकाे विगविगी

spot_img
spot_img

वीरगंज । वीरगंजमा माेटरसाइकल चाेरकाे विगविगी बढेकाे छ । वीरगंजबाट दिनहु जसाे चाेरी हुने माेटसाइकलकाे घटनामा कमि आउन सकेकाे छैन् भने शनिबार पुन: २ वटा माेटरसाइकल चाेरी भएकाे छ ।

वीरगंजकाे घण्टाघर नजिकै लागेकाे चुत्ता चपल मेला अगाडीबाट एउटा पलसर माेटरसाईकल चाेरी भएकाे हाे । पर्साकाे पटेर्वा सुगाैली गाउँपालिका वडा नं. २ निवासी रेयाज खानकाे नाउमा रहेकाे प्रदेश ३-०३-००१ प ९७९३ नम्बरकाे २ सय २० सिसिकाे कालाे र राताे रंगकाे पलसर माेटरसाइकल चाेरी भएकाे हाे ।

मेला अगाडी माेटरसाइकल पार्किङ्ग गरी भित्र गएर फर्के पछि माेटरसाइकल गायब भएकाे पिडितले वताएका छन् ।

यस्तै आजै वीरगंजकाे विर्ता स्थित डा. सुमनकाे किल्निक आगाडीबाट पनि एउटा महिन्द्रा माेटरसाइकल चाेरी भएकाे छ । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. १ मुडली निवासी इशक कुमारकाे नाउमा रहेकाे ना ३६ प ७७२१ नम्बरकाे कालाे र राताे रंगकाे सय सिसिकाे महिन्द्रा माेटरसाइकल चाेरी भएकाे हाे ।

प्रहरीकाे फित्लाे अनुसन्धानका कारण माेटसाइकल चाेरीकाे घटनामा कमि आउन नसकेकाे वीरगंज वासीले गुनासाे समेत गर्ने गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बाराको कलैयामा दुई दिन विद्यालय बन्द

बारा । बाराको कलैया उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाका अनुसार असोज ८ गते बिहीबार र ९...

जिराभवानीमा स्थानीय शिक्षा योजनाको समीक्षा तथा कार्ययोजना निर्माण कार्यशाला

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा स्थानीय शिक्षा योजनाको समीक्षा तथा आगामी कार्ययोजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । जिराभवानी गाउँपालिकाको आयोजनामा वडा नं. ३ स्थित...

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान, ७५ जनाले दिए रगत

वीरगंज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चार महिलासहित ७५ जनाले रक्तदान गरेका...