Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

राष्ट्रिय सभा सदस्य पासवान पर्सामा सम्मानित

spot_img
spot_img

वीरगंज । नेपाल पासवान संघ पर्साले राष्ट्रिय सभा सदस्यमा निर्वाचित राधेश्याम पासवानलाई एक भव्य समारोहका बिच सम्मान गरेको छ ।

नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजित समारोहमा प्रदेश नं. २ बाट भर्खरै राष्ट्रिय सभा सदस्यमा निर्वाचित पासवानलाई दोसल्ला ओढाई सम्मान गरिएको हो । सम्मानित हुदै पासवानले दलित अधिकारका सवालहरुलाई सुक्ष्म तरिकाले अनुसन्धान गरी सदनमा उठाउने र समाधान बिन्दुहरु पनि पहिल्याउदै जाने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

सोही समारोहमा पासवान जातिबाट अधिकृत भई सुथौली भन्सारका कार्यालय प्रमुखको रुपमा कार्यरत्त तिर्थराज पासवानलाई पनि सम्मान गरिएको थियो ।

संघका अध्यक्ष प्रभु पासवानको अध्यक्षतामा भएकाे समारोहमा अधिवक्ता प्रेम शंकर हजारी, मुक्ति समाज बाराका नेता राजदेव पासवान, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य बृजलाल पासवान, दलि संघ पर्साका सचिव धिरज पासवान, कृषि सहकारी संघका प्रबन्धक बिजय पासवान, दलित नेटवर्कका अध्यक्ष रुपनारायण पासवान, स्वजातिय अगुवा रामेश्वर पासवान लगायतले मनतव्य व्यक्त गरेका थिए भने स्वागत मनतव्य संघका सह–सचिव शम्भु पासवान र संचालन सचिव रबिभुषण पासवानले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वित्तीय अनुशासन र कर्मचारी व्यवस्थापन सुधार प्रयासमा मधेस

जनकपुरधाम । मधेस प्रदेश सरकारले पछिल्लो १०० दिनमा वित्तीय अनुशासन, बजेट कार्यान्वयन, राजस्व व्यवस्थापन तथा प्रशासनिक सुधारलाई प्राथमिकतामा राखेको छ । मधेस प्रदेश सरकारको अर्थ...

कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक हस्तक्षेप हुँदैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक प्रभाव पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कर्मचारी सञ्चय कोष...

सिमराकी तीन वर्षीया बालिका बलात्कारपछि हत्या प्रकरणका १० प्रतिवादी रिहा

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा आरोपित १० जना अदालतको आदेशपछि रिहा भएका छन्। बारा जिल्ला अदालतले प्रोग्रेश (पुरग्रेश) चौधरीलाई...