Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

राष्ट्रिय सभा सदस्य पासवान पर्सामा सम्मानित

spot_img
spot_img

वीरगंज । नेपाल पासवान संघ पर्साले राष्ट्रिय सभा सदस्यमा निर्वाचित राधेश्याम पासवानलाई एक भव्य समारोहका बिच सम्मान गरेको छ ।

नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजित समारोहमा प्रदेश नं. २ बाट भर्खरै राष्ट्रिय सभा सदस्यमा निर्वाचित पासवानलाई दोसल्ला ओढाई सम्मान गरिएको हो । सम्मानित हुदै पासवानले दलित अधिकारका सवालहरुलाई सुक्ष्म तरिकाले अनुसन्धान गरी सदनमा उठाउने र समाधान बिन्दुहरु पनि पहिल्याउदै जाने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

सोही समारोहमा पासवान जातिबाट अधिकृत भई सुथौली भन्सारका कार्यालय प्रमुखको रुपमा कार्यरत्त तिर्थराज पासवानलाई पनि सम्मान गरिएको थियो ।

संघका अध्यक्ष प्रभु पासवानको अध्यक्षतामा भएकाे समारोहमा अधिवक्ता प्रेम शंकर हजारी, मुक्ति समाज बाराका नेता राजदेव पासवान, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य बृजलाल पासवान, दलि संघ पर्साका सचिव धिरज पासवान, कृषि सहकारी संघका प्रबन्धक बिजय पासवान, दलित नेटवर्कका अध्यक्ष रुपनारायण पासवान, स्वजातिय अगुवा रामेश्वर पासवान लगायतले मनतव्य व्यक्त गरेका थिए भने स्वागत मनतव्य संघका सह–सचिव शम्भु पासवान र संचालन सचिव रबिभुषण पासवानले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...