Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

वीरगंजस्थित रामजानकी मन्दिरको सांसद यादवद्वारा सिलान्यास

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. १३ स्थित निर्माण हुने रामजानकी मन्दिरको शिलन्यास सांसद प्रदिप यादवले गरेका छन् । पर्सा क्षेत्र नं. १ बाट निर्वाचित सांसद प्रदिप यादवले आफ्नो क्षेत्रको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत निर्माण हुन लागेको रामजानकी मन्दिरको विधिव्त तरिकाले शुक्रबार शिलन्यास गरेका हुन ।

समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका सांसद यादवले भवन सिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै जातजाती समुदायको लागी जातीय संस्थाहरु पनि सक्रिय हुन जरुरी रहेको बताए । उनले मानसिक र शारिरीक स्वास्थयको लागी धार्मिक स्थलको धेरै नै महत्व रहेको भन्दै बालबालिकादेखी ज्येष्ठ नागरिकसम्मले मनमा शान्ति र मनोरञ्जन लिन समेत धार्मिक स्थलमा जाने गरेकोले यस्ता मठमिन्दरको संरक्षण गरी स्तरउन्नती गर्नु आवश्यक रहेको बताए ।

भवन सिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य जन्नत अंसारी, वीरगंज महानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष तुफान अंसारी, विधार्थी नेता निखिल वर्णवाल, सफ्राज आलम, संसदीय प्रतिनिधि घन्शयाम गुप्ता लगायतको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...

बालप्रतिभाको रंगमञ्च बन्दै वीरगन्ज, पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै

वीरगंज । प्याब्सन पर्सा र प्याब्सन वीरगन्जको संयुक्त आयोजनामा प्री–प्राइमरी तहका विद्यार्थीलाई लक्षित गरी पहिलोपटक अन्तरविद्यालयस्तरीय ‘प्याब्सन राइम्स फेस्ट २०८३’ आयोजना हुने भएको छ। आगामी...