Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

भोलेन्टियर समुहको आयोजनामा आकस्मिक रक्तदान

spot_img
spot_img

वीरगंज । बिरगंजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गरिरहेका केही युवाहरुको समूह भोलेन्टियरले कहिले जनचेतना कार्यक्रम, कहिले ट्राफिक ब्यवस्थापन, कहिले शंकराचार्य गेटको नियमित सरसफाइ भने त्यो सबैको संग सङगै अब रक्तसञ्चार केन्द्रमा रगतको आभाव रहेको बेला छोटो समय मै सुचना पाउन साथ युवाहरुलाइ भेला गरि आकस्मिक रक्तदान समेत गराउन गरेका छन् ।

भोलन्टियर समुहले बुधबार रक्तसञ्चारबाट B+ve समुहको रगतको कमि रहेको सुचना पाउन साथ सामाजिक संजाल एवं फोनको माध्यमले रक्तदाताहरु सङको समन्वयमा आकस्मिक रक्तदान गराएका छन ।

रक्तदान गर्नेमा निधि पाण्डे ,पुजा पटेल, सजाद मिया, अमित अग्रवाल , आकाश कुमार, जियालाल साह, मित्रदेव यादव, रन्जित शर्मा, अभिमन्यु शर्मा, प्रमोद दास,मुन्ना पटेल, असोक कुमार यादव, रुपेस यादव,आकाश राज गौतम गरि १४ जनाले B+ve समुहका रगतदान गरे । रक्तदान गर्नेहरुलाइ भोलन्टियर समूह बिरगंजका संयोजक राजन श्रीवास्तवले आभार ब्यक्त गर्दै विशेष धन्यवाद ब्यक्त गरे ।

रक्तदान कार्यक्रममा प्राबिधिक सहयोग उदय राज शर्मा, धिरेन्द्र झा, सुजित पटेलले गरे भने समन्वय भोलेन्टियर समुहका संयोजक राजन श्रीवास्तव, श्याम सरार्फ, बिनय गुप्ता, कमलेश कुश्वाहा, पत्रकार सुरेश बिडारी, बैकर्स ग्रुपका अध्यक्ष रोशन श्रेष्ठ, अरबिन्द सिहले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जेनजी आन्दोलनको एक वर्षपछि पनि परिवर्तनको अपेक्षा अधुरै : कमन जेनजी अध्यक्ष साह

काठमाडौं । कमन जेनजी नेपालले ऐतिहासिक जेनजी आन्दोलन भएको एक वर्ष बितिसक्दासमेत देशले अपेक्षित राजनीतिक निकास पाउन नसकेको निष्कर्ष निकालेको छ । आन्दोलनपछि समाधान...

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...