Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

भोलेन्टियर समुहको आयोजनामा आकस्मिक रक्तदान

spot_img
spot_img

वीरगंज । बिरगंजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गरिरहेका केही युवाहरुको समूह भोलेन्टियरले कहिले जनचेतना कार्यक्रम, कहिले ट्राफिक ब्यवस्थापन, कहिले शंकराचार्य गेटको नियमित सरसफाइ भने त्यो सबैको संग सङगै अब रक्तसञ्चार केन्द्रमा रगतको आभाव रहेको बेला छोटो समय मै सुचना पाउन साथ युवाहरुलाइ भेला गरि आकस्मिक रक्तदान समेत गराउन गरेका छन् ।

भोलन्टियर समुहले बुधबार रक्तसञ्चारबाट B+ve समुहको रगतको कमि रहेको सुचना पाउन साथ सामाजिक संजाल एवं फोनको माध्यमले रक्तदाताहरु सङको समन्वयमा आकस्मिक रक्तदान गराएका छन ।

रक्तदान गर्नेमा निधि पाण्डे ,पुजा पटेल, सजाद मिया, अमित अग्रवाल , आकाश कुमार, जियालाल साह, मित्रदेव यादव, रन्जित शर्मा, अभिमन्यु शर्मा, प्रमोद दास,मुन्ना पटेल, असोक कुमार यादव, रुपेस यादव,आकाश राज गौतम गरि १४ जनाले B+ve समुहका रगतदान गरे । रक्तदान गर्नेहरुलाइ भोलन्टियर समूह बिरगंजका संयोजक राजन श्रीवास्तवले आभार ब्यक्त गर्दै विशेष धन्यवाद ब्यक्त गरे ।

रक्तदान कार्यक्रममा प्राबिधिक सहयोग उदय राज शर्मा, धिरेन्द्र झा, सुजित पटेलले गरे भने समन्वय भोलेन्टियर समुहका संयोजक राजन श्रीवास्तव, श्याम सरार्फ, बिनय गुप्ता, कमलेश कुश्वाहा, पत्रकार सुरेश बिडारी, बैकर्स ग्रुपका अध्यक्ष रोशन श्रेष्ठ, अरबिन्द सिहले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...