Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

spot_img
spot_img

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।

राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले अनलाइन ठगीबाट बच्न मोबाइलमा प्राप्त हुने ओटीपी, बैंक खाताको पासवर्ड तथा डिजिटल वालेटको पिन कसैलाई पनि नदिन सुझाव दिएको हो ।

चाडपर्वका अवसरमा ‘दशैँ धमाका’, ‘तिहार–छठ बम्पर उपहार’ वा आकर्षक उपहार जितेको भन्दै सामाजिक सञ्जालमार्फत नक्कली लिंक पठाउने र सेवा शुल्क वा करका नाममा अग्रिम रकम माग्ने ठगी हुन सक्ने भएकाले सचेत रहन इकाइले आग्रह गरेको छ ।

त्यसैगरी, सामाजिक सञ्जालमा ब्रान्डेड सामानमा भारी छुट दिने विज्ञापन राखेर अग्रिम भुक्तानी माग्ने र रकम लिएपछि सामान नपठाउने वा ग्राहकलाई ब्लक गर्ने जस्ता घटनाबाट पनि सावधान रहन भनिएको छ ।

निःशुल्क मोबाइल रिचार्ज, चिट्ठा परेको वा उपहार जितेको दाबी गर्ने शङ्कास्पद लिंक नखोल्न तथा त्यस्ता लिंकमार्फत व्यक्तिगत र बैंकिङ विवरण उपलब्ध नगराउन राष्ट्र बैंकले सुझाव दिएको छ ।

अनलाइनबाट सामान खरिद गर्दा आधिकारिक तथा विश्वसनीय वेबसाइट मात्र प्रयोग गर्न र सम्भव भएसम्म सामान प्राप्त भएपछि भुक्तानी गर्ने विकल्प रोज्न पनि आग्रह गरिएको छ । डिजिटल भुक्तानी गर्नुअघि सम्बन्धित वेबसाइटको ठेगाना सही भए–नभएको जाँच गर्नुपर्नेमा राष्ट्र बैंकले जोड दिएको छ ।

चाडपर्वका बेला आकर्षक अफर र उपहारको प्रलोभनमा परी ठगीमा पर्ने जोखिम रहेकाले डिजिटल कारोबार गर्दा विशेष सावधानी अपनाउन राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...

नवरात्रको सातौँ दिन आज फूलपाती भित्र्याइँदै, कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...