Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

प्रदेश–२ मा भ्रष्टचारी र गुण्डाको जंगलराज : सिके राउत

spot_img
spot_img

वीरगन्ज : जनमत पार्टीका केन्द्रीय अध्यक्ष डाक्टर सिके राउतले प्रदेश–२ मा भ्रष्टचारी र गुण्डाको जंगलराज रहेको आरोप लगाएका छन् ।

वीरगन्जमा मंगलबार जनमत पार्टीले आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै राउतले यस्तो बताएका हुन् ।  ‘मधेसमा अहिले भ्रष्टचारी, तस्कर र गुण्डाको जंगलराज चलिरहेको छ’, उनले भने, ‘त्यही जंगलराज र गुण्डाराजलाई समाप्त पारेर जनताको राज ल्याउन जनमत पार्टी जन्मिएको हो ।’

समाजवादी पार्टी र राजपाले भ्रष्टचारी, तस्कर, गुण्डालाई संरक्षण दिएर मधेसमा लुटतन्त्र मच्चाइरहेको आरोप उनको छ ।
मधेसी जनताको रंगत र बलिदानीमा टेकेर मधेसी जनताकै भोट लिएर सत्तामा पुगेका समाजवादी र राजपाले अहिले सत्तामा पुगेपछि मधेसी जनतामाथि शोषण र दमन गरिहेको राउतले बताए ।

मेचीदेखि महाकालीसम्मको २२ जिल्लाको धोती प्रदेश मधेसलाई यी दुई दलले सत्ताको स्वार्थमा टुक्रयाएर ८ जिल्लाको लङगौटी प्रदेश बनाएको राउतले बताए ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री रहेका बेला उनको कार्यकालमा मन्त्रालयको ५६ अर्ब बजेटमध्ये २२ अर्बको भ्रष्टचार भएको लेखा परीक्षणको रिपोर्टले नै पुष्टि गरिसकेको भन्दै राउतले भने,‘उपेन्द्र र उनको पार्टीले भ्रष्टचारी, तस्कर बलात्कारी नेताको संरक्षण गर्दै आइरहेको छ ।’

मधेस आन्दोलन ताकामा मधेसी जनता मितेरी पुलमा नाकाबान्दी गरेर बसेका बेला मधेसी दलका नेताले नाकाबाट तस्करी गराएर अकुत सम्पति जोडेको आरोप पनि राउतले लगाए ।

कांग्रेस, कम्युनिस्ट र मधेसी दललाई म्याद गुज्रिसकेको (डेट एक्स्पायर) पार्टीको संज्ञा दिँदै राउतले अब मधेस र मधेसीलाई दमन, शोषण र विभेदबाट मुक्ति दिलाउने एक मात्र विकल्प जनमत पार्टी नै रहेको जिकिर गरे ।

आमसभालाई सम्बोधन गर्दै जनमत पार्टीका केन्द्रीय सदस्य अब्दुल खनाले समाजवादी र राजपा आतंकवादी र बलात्कारीको  पार्टी भएको आरोप लगाए।

यी दुई दलले अहिलेसम्म आतंकवादी, बलात्कारी, भ्रष्टाचारी र तस्कर नेता मात्रै उत्पादन गर्दै आएको आरोप लगाउदै उनले उपेन्द्र यादवलाई कंश मामाको संज्ञा दिए ।

‘मधेसीका कंश मामा उपेन्द्रजी अब सच्चिनुस् होइन भने तपाईंलाई तह लगाउन कृष्ण अवतारका रुपमा सिके राउत आइसकेका छन्’, उनले भने ।

यस अघि अध्यक्ष राउतले वीरगंज स्थित संचालनमा आए जिल्ला पार्टी कार्यालय पर्साकाे उद्घाटन गरेका थिए ।

केन्द्रिय सदस्य संजय कुमार साहकाे अध्यक्षतामा भएकाे कार्यक्रममा केन्द्रिय सदस्य अब्दुल खान, प्रशिक्षण विभाग प्रमुख संजय यादव लगायतकाले मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य पर्सा जिल्ला इन्चार्ज सुजित चाैरसिया राखेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...