Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

वीरगंजमा २ दिने शैक्षिक मेला शुरु

spot_img
spot_img

वीरगञ्ज । नेपालमै उच्च शिक्षा प्रदान गर्ने अभिप्रायले भिजन मिडिया ईनकर्परेशन र एजुकेसन डटकमको संयुक्त आयोजनामा २ दिने शैक्षिक मेला आजदेखी शुरु भएको छ ।

वीरगन्जको नगरसभा गृहमा शुरु भएको स्टडी ईन नेपाल एजेुकेशन फेयरको उद्घाटन एजुकेशन डटकमका प्रमुख कार्यकारी अधिकृत जिवन लामा गोलेले गर्नुभएको थियो । २ दिने मेलाको उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत गोले ले वीरगञ्ज र यस आसपासका विद्यार्थिहरुलाई स्वदेशमै उच्च शिक्षा प्रदान गर्न सघाउ पुगोस भन्ने सोचका साथ वीरगञ्जमा पनि शैक्षिक मेलाको आयोजना गरिएको बताउनुभयो ।

सस्तो र सर्वसुलभ मुल्यमा गुणस्तरी उच्च शिक्षा प्रदान गर्नका लागि नेपालमै पनि राम्रा शैक्षिक संस्थाहरु छन् भन्ने कुरा पनि धेरैलाई जानकारी नभएको हुँदा यस मेलाले सघाउ पुग्ने बिश्वास पनि उहाँले व्यक्त गर्न‘भयो । “स्वदेशमै शिक्षा, सबैको ईच्छा“ भन्ने नाराका साथ आयोजित शैक्षिक मेलाको आज पहिलो दिनमा १५ सय भन्दा बढी विद्यार्थिहरुले निशुल्क परामर्श दिइएको मेलाका व्यवस्थापक नविन कार्कीले बताउनुभयो ।

सो शैक्षिक मेलामा काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, वीरगन्ज पब्लिक कलेज, ठाकुराम बहुमुखी क्याम्पस लगायतका २७ भन्दा बढी कलेजको स्टल राखिएको छ । उच्च शिक्षाका लागि बिदेशमा जोनहरुको संख्या बढीरहेको बेलामा यस शैक्षिक मेलाले सो संख्यालाई कम गर्ने बिश्वास आयोजकले लिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...