Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

पर्सा प्रहरी प्रमुखमा पन्तको आगमन लगतै शान्ति सुब्यवस्था कायम भएकाे अनुभुती

spot_img
spot_img

वीरगंज । पर्साको प्रहरी उपरिक्षक गंगा पन्तको आगमन लगतै यहांको सिमापारीबाट हुने अपराधी गतिबिधी न्युन भई शान्ति सुब्यवस्था कायम भएको अनुभुती आमजनताले गर्न थालेका छन् ।

एक सप्ताह नबितिदै बिरगंजमा हुने बिभिन्न अनैतिक र अपराधी गतिबिधीमा संलग्नहरु पलायन हुन थालेका छन । सिमावर्ती क्षेत्रहरुबाट हुने गरेको अबैध ओसारपसार तथा तस्करी धन्दामा संलग्नहरु उपरिक्षक पन्तको बिगतलाई स्मरण गर्दै स्वस्फुर्त आफना धान्दालाई बन्द गरेका छन ।

केही नाम चलेका तस्करहरु र तस्करका नाइकेहरु ब्यवसाय परिमार्जन गर्ने तर्फ क्रियासिल भएको सा्रेतले जनाएको छ । बिभिन्न कारणवस पर्सामा अस्तब्यस्त बनेका आन्तरिक प्रशासन र मातहतका सुरक्षा युनिटहरुलाई सुद्धृढ गर्दै आन्तरिक ब्यवस्थापनमा समेत कडाई गरेकी प्रहरी सा्रेतले जनाएको छ ।

बिभिन्न खाले गोरख धान्दाबाट मलाई खान पलकेका मातहतका भ्रष्ट प्रहरीहरु समेत चुपीसाधी ईमान्दारी पुर्बक काममा सक्रिय भएको परिदृश्य देख्न पाईएको स्थानिवासीहरुले बताएका छन ।

निरन्तर कडाईका साथ सवारीसाधन चेकजाच हुनु पर्ने कार्य पर्सामा बिरलै हुदै आएका अवस्थालाई मध्यनजर गर्दै उपरिक्षक पन्तले निरन्त कडाईका साथ चेकजाच गर्ने र भनसुनको आधारमा छोडने कार्यलाई पुर्णत निरुत्साहित गर्ने कार्यलाई निरन्तरता दिइएकी छिन ।

पर्साको ईतिहासमै पहिलो पटक महिला प्रहरी उपरिक्षको आगमन पछि यहाका महिलाहरुमा उत्साह थपिनुका साथै महिला माथी हुने बिभिन्न खाले हिंसा न्युनिकरणमा उनको आगमनले सकारात्मक प्रभाव पार्ने महिला अधिकारकर्मी तथा समाजसेवी कोपिला चौलागाई साहले बिश्वास ब्यक्त गरेकी हुन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रका मूल्य र मान्यताबाट नडगमगाउने अडान व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना...

विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ एकदिवसीय श्रृङ्खला खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरिएको छ । यहाँ आज आयोजित कार्यक्रममा नेपाल क्रिकेट सङ्घ...

भारतमा ९६० किलो चकलेटसहित बाराका ६ जना पक्राउ

बारा । भारत–नेपाल सीमा क्षेत्रमा तस्करी नियन्त्रणका क्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले ९६० किलो चकलेटसहित बाराका ६ जना नेपाली नागरिकलाई पक्राउ गरेको छ। भारतको...