Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

स्वदेशमै उच्च शिक्षा प्रदान गर्न वीरगञ्जमा २ दिने शैक्षिक मेला हुँदै

spot_img
spot_img

वीरगञ्ज । वीरगन्जको नगर सभा गृहमा हुन गइरहेको स्टडी ईन नेपाल एजेुकेशन फेयरको सम्पुर्ण तयारी पूरा भएको छ । भिजन मिडिया ईनकर्परेशन र एजुकेसन डटकमको संयुक्त आयोजनामा यही माघ २७ र २८ गते (भोलि र पर्सि) आयाेजना हुने मेलाकाे सम्पूर्ण तयारी पुरा भएकाे आयाेजकले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी जनाएको छ ।

एजुकेशन डटकमका प्रमुख कार्यकारी अधिकृत जीवन लामा गोलेको सभापतित्वमा भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले बिदेशी कन्सलटेन्सीहरूले विभिन्न आकर्षक नाराका साथै विभिन्न प्रलोभन देखाएर नेपाली विद्यार्थीहरूलाइ ठग्ने किसिमका शैक्षिक मेला हरू भईरहेको बेला स्वदेशमै उच्च शिक्षा प्रदान गर्ने उदेश्यले आयोजित शैक्षिक मेलाले गरीब, बिपन्न र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई पनि समेट्नुपर्नेमा जोड दिए ।

महंगो मुल्यमा विदेश जानुको सट्टा सस्तो र सर्वसुलभ मुल्यमा गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरू नेपालमै भएतापनि सबैको पहुँचमा पुग्न नसकेको हुँदा यस मेलाले सहयोग पुग्ने विश्वास पनि उनले व्यक्त गरे।

“स्वदेशमै शिक्षा, सबैको ईच्छा“ भन्ने नाराका साथ हुन गईरहेको २ दिने शैक्षिक मेलामा काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, ठाकुराम बहुमुखी क्याम्पस लगायतका २७ भन्दा बढी कलेजले विद्यार्थीहरूलाई नि:शुल्क परामर्श दिने आयोजकले जनाएको छ ।

उच्च शिक्षा हासिल गर्न विदेशमा जानेहरूको संख्या बढ्दै गएको परिवेशलाई मध्यनजर गर्दै स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरू छन् भन्ने कुराको जानकारी गराउने अभिप्रायले शैक्षिक मेलाको आयोजना गरीएको मेला व्यवस्थापक नविन कार्कीले बताए ।

पत्रकार सम्मेलनमा प्रेस संगठन पर्साका संयोजक निरज पिठाकोटे, नेपाल पत्रकार महासंघ प्रदेश न.२ का सदस्य जगत राई, सन्तोष श्रेष्ठ लगायतकाे उपस्थिति रहेको थियो भने पत्रकार सम्मेलनको सहजिकरण सञ्चारकर्मी सुर्य शुभचिन्तकले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...