Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

बालबालिकाको चौतर्फी बिकासका लागि खेलकुद अपरिहार्य : मेयर सरावगी

spot_img
spot_img

वीरगंज । नवदिप एकडेमी साताैं बर्ष पुरा गरि आठाैं बर्षमा प्रवेश गरेको अवसरमा आयाेजिक बार्षिकाेत्सव कार्यक्रम सम्पन्न भएकाे छ । विद्यालय प्राङ्गणमा भएकाे कार्यक्रमकाे वीरगंज महानगरपालिका मेयर विजय कुमार सरावगीले पानसमा बती बाली उद्घाटन गरेका थिए ।

बिधालयले बिगत झै प्रत्येक बर्ष बिभिन्न कार्यक्रम गरि मनाउदै आएको बार्षिकाेत्सव कार्यक्रममा यस बर्ष खेलकुद कार्यक्रम गरि सम्पन्न भएको हो । बलबाललिकाको बिभिन्न शारिरिक तथा मानसिक बिकासका लागि अति आवश्यक खेलकुद भएकोले बार्षिकाेत्सवमा यो कार्यक्रम आयोजना गरिएको बिधालयकी निर्देशिका जोतसाना गुप्ताले बताइन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर सरावगीले बालबालिकाको चौतर्फी बिकासका लागि खेलकुद अपरिहार्य रहेको कुरामा जोड दिए ।

कार्यक्रममा पोखरिया नगरपालिकाकी उप मेयर सल्मा खातुन, बीरगंज महानगरपालिका राजनितिक सल्लाहाकार मुकेश दुवेद्धी, समाजिक अभियान्ता प्रकाश थारु, शैलेन्द्र त्रिपाठी, डिन पर्साका अध्यक्ष शम्भु साह, प्रहरी निरिक्षक रबि भुषण यादब, अभिभावक लगायत बालबालिका सहित एक हजार भन्दा बढिको उपस्थिति रहेको थियो ।

बार्षिकोत्सव कार्यक्रममा शिक्षकद्वय गिता साह, शुस्मा मंण्डललाई बिधालयलाई योग्दान पुर्‍याए बापत प्रसंसा पत्र सहित दाेसल्ला ओढाई सम्मान गरिएको थियो । कार्यक्रम बिधालयकी निर्देशिका तथा प्रधानाध्यापिका सुशिला साहको अध्यक्षतामा भएको कार्यक्रमको संचालक बाल अधिकारकर्मी जया साह र शिक्षिका नेहा अग्रवालले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...