Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

गरिवी निवारणकाे लागी सहकारी संस्था उपयुक्त : सांसद यादव

spot_img
spot_img

वीरगंज । श्री गणेश बचत ऋण सहकारी संस्थाको तेह्राैं बार्षिकाेत्सव आज सम्पन्न भएकाे छ । बार्षिकाेत्वकाे अवसरमा आयाेजित कार्यक्रममलाई सम्बाेधन गर्दै संघिय सांसद प्रदिप यादवले गरिवी निवारण र आर्थिक उन्नतीको लागी सहकारी उपयुक्त एवं सर्वोकृष्ट व्यवस्था भएको धारण व्यक्त गरेका छन् ।

मकालु हाेटलमा भएकाे कार्यक्रमका प्रमुख अतिथी सांसद यादवले छरिएको पुजिलाई एकिकृत गर्दै समुदायको उत्थानमा सहकारीको धेरै राम्रो भूमिका रहेको बताए । उनले देश गरिव नभए पनि चिन्तन गरिव भएको कारण समाजको विकास हुन नसकेको धारणा राखे ।

समाजवादीका नेता समेत रहेका सांसद यादवले राष्ट्रिय परिपेक्षमा सहकारी एन २०७४ र सहकारी नियमावली २०७५ भए पनि प्रदेश २ को सरकारले यहाको समाजिक परिवेश अनुसारको सहकारी नियमावली २ बर्ष सम्ममा बनाउन नसक्नु दुर्भाग्य भएको बताए ।

प्रदेश २ को परिपेक्ष्यमा मधेसी समुदायको आर्थिक उन्नतीको लागी प्रदेश सरकारलाई अविल्ब प्रदेश स्तरिय सहकारी कानुन बनाउनं सांसद यादवले मांग समेत गरे । उनले सहकारी संचालकहरुको गलत रवैयाको कारण सहकारी संस्थाहरु बदनाम भएको बताउदै संचालकहरुलाई पारदर्शी हुन अनुरोध गरे ।

संचालक समितीका पदाधिकारीहरुले समय समयमा सबै सदस्यहरुलाई संस्थाको आर्थिक अवस्थाको बारेमा जानकारी गराए सदस्य र संचालक समिति बिचका सम्बन्ध अझ बजबुत हुने उनकाे भनाई थियाे ।

श्री गणेश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अशोक टेमानीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बिकास बोर्डका सदस्य शम्भु गुप्ता, सहकारीका पुर्व अध्यक्ष गणेश लाठ, वीरगन्ज उधोग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, जिल्ला बचत ऋण सहकारी संघ पर्साका अध्यक्ष राजेश पंडित लगायतकाले  शुभकामना मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...