25.3 C
Birgunj
19 April 2025
KALIKATIMES.COM

आगाेले जलेर गम्भीर घाइते भएकी महिलालाई सहयाेगकाे आवश्यकता

वीरगंज । आगोबाट जलेर गम्भीर घाइते भएकी एक महिलालाई नेपाली कांग्रेसका युवा नेता मनिकान्त गुप्ताले आर्थिक सहयाेग गरेका छन् । वीरगंज स्थित नारायणी अस्पतालमा  उपचार गराइरहेकी आगलागी पिडित पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. १ मीरजापुर निवासी रीना देवीलाई नेता गुप्तालाई रु पांच हजार नगद सहयाेग गरेका हुन् ।

अस्पताल मै पुगेर पिडित महिलाकाे अवस्था बुझ्दै छिपहरमाई गापाका स्थानिय नेता गुप्ताले आर्थिक सहयाेग गरेका हुन्  । पिडित महिलाकाे अवस्था बुझ्दा उनलाई सहयाेगकाे आवश्यकता रहेकाे नेता गुप्ताले वताए ।

गरिब र विपन्न परिवारकी महिला पुस २५ गते आगाे ताप्ने क्रममा जलेर गभ्भीर घाइते भएकी थिइन ।

उपचारमा आर्थिक अभाव भए पछि उनकाे श्रीमान भिमा साह तुराहा चन्दा संकलनकाे लागि गाउँमा पुगेकाे उनले वताए । हाल सम्म सम्बन्धित गाउँपालिका, वडा र कुनै पनि जनप्रतिनिधिले सहयाेग नगरेकाे पिडितकाे गुनासाे छ ।

पिडितलाई थप उपचारकाे लागि काठमाण्डाै लग्नु पर्ने भएकाेले सहयाेग लागि उनकाे परिवारले अपिल समेत गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:7.572 sec. Memory consumption:82.5 mb