Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

यी नै हुन पर्सा प्रहरी प्रमुखमा सरुवा भएकी गंगा पन्त

spot_img
spot_img

वीरगंज । प्रहरी प्रधान कार्यालय नक्सालले एसपी गंगा पन्तलाई जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ । पर्साका प्रहरी प्रमुख सोमेन्द्रसिंह राठौंरलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा सरुवा गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहको पनि सरुवा भएको हो । बारामा एसपी कृष्ण पंगेनीलाई काज सरुवा गरिएको हो ।

एक महिनापछि रिक्त रहेको जिल्ला प्रहरी कार्यालय चितवनमा प्रहरी प्रमुख पठाएको छ । एसपी नान्तीराज गुरुङलाई जिल्ला प्रहरी प्रमुख बनाएर पठाएको हो । गत पुसको तेस्रो साता एसपी दानबहादुर मल्लले जिल्ला छोडेपछि राजनीतिक दबावमा प्रहरी प्रधान कार्यालयले नयाँ एसपी पठाउन सकेको थिएन ।

गत पुस ४ गते नै २४ जना एसपीको एकैचोटी सरुवा भएको थियो । चितवन प्रहरी प्रमुखमा मल्लको ठाउँमा एसपी गंगा पन्तलाई पठाउने निर्णय गरेको थियो । तर राजनीतिक कारणले गर्दा एसपी पन्तलाई चितवन पठाइएको थिएन । त्यसो त सरुवा भएको दुई सातासम्म पनि एसपी मल्लले जिल्ला नछोडेपछि १२ घण्टे अल्टिमेटम नै जारी गर्नुपर्‍यो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रका मूल्य र मान्यताबाट नडगमगाउने अडान व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना...

विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ एकदिवसीय श्रृङ्खला खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरिएको छ । यहाँ आज आयोजित कार्यक्रममा नेपाल क्रिकेट सङ्घ...

भारतमा ९६० किलो चकलेटसहित बाराका ६ जना पक्राउ

बारा । भारत–नेपाल सीमा क्षेत्रमा तस्करी नियन्त्रणका क्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले ९६० किलो चकलेटसहित बाराका ६ जना नेपाली नागरिकलाई पक्राउ गरेको छ। भारतको...