Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

ईप्रका पोखरियाद्वारा ४ जना कुखुरा तस्कर पक्राउ

spot_img
spot_img

पर्सा । पर्साको जगरनाथपुर गाउँपालिकाबाट आज बिहान प्रहरीले ३ क्वीन्टल ५० किलो कुखुरा सहित ४ जना कुखुरा तस्करलाई  पक्राउ गरेको छ ।

सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरीया र जानकीटोला प्रहरी चौकीको संयुक्त टोलीले भारतबाट मोटरसाइकलमा कुखुरा ल्याईरहेको अवस्थामा  पक्राउ गरेको हो ।

जगरनाथपुर गाउँपालिका वडा नम्बर २ दसौताको सडकबाट ना. ६ प. ८४०२, ना. ६ प. ७९९६, ना.२ प. २६३०, ना. ७ प. ७७४१ , गा. १ प. ९०१५ नम्बरको मोटरसाईकलमा लोड गरी भारतबाट ल्याईरहेको अवस्थामा १ सय ३० पीस कुखुरा तौल गर्दा ३ कवीन्टल ५० किलो पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले बताए ।

बहुदरमाई नगरपालिका १ निवासी रबि बानिया, वडा नम्बर ५ नसुरीन मिया, तबरेल आलम र सागिर आलमलाई मोटरसाईकल  सहित पक्राउ गरि ईलाका प्रहरी कार्यालयमा राखिएको र आवश्यक कार्यवाही अगाडी बढाउने प्रहरी निरिक्षक सिंहले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...