Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

छिपहरमाईका वडाध्यक्ष कानुद्वारा कहरथुवाहरुलाई दुर्व्यवहार

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. ५ भस्वाका वडाध्यक्ष मऔजीलाल साह कानुले तिर्थ यात्रुहरुलाई दुर्व्यवहार गरेका छन् । वडाध्यक्ष कानु सहितका स्थानिय ३ जनाकाे समुहले वडा कार्यालयकाे प्राङ्गमा बास बसेका कहरथुवाहरुलाई  दुर्व्यवहार गरेका हुन् ।

रक्सी खाएर मातिएका वडाध्यक्ष कानु सहितकाे समुहले आफुहरुलाई गाली गलाैज गर्दै दुर्व्यवहार गरेकाे कहरथुवाहरुले वताएका छन् ।

भारतकाे त्रिवेनीबाट धार्मिक तिर्थ यात्राबाट घर फक्रने क्रममा बिहिबार राती मिर्जापुर कहरथुवाहरुले वडा ५ भिस्वाको वडा कार्यालयकाे प्राङ्गणमा बास बसेका थिए । साेही बेला रातीकाे १० बजेकाे समयमा वडाध्यक्ष कानु सहितकाे ३ जनाकाे समुहले त्यहाँ पुगी तिमीहरु किन यहाँ बसेकाे ?, कस संग साेधेर बसेकाे ? म वडाकाे मुखियाकाे हु भन्दै जल समेत खसाली दिएकाे कहरथुवा भुलन यादवले वताए ।

रक्सी खाएर मातेका उनीहरुले आफुहरुलाई खुट्टाले हिर्काउदै जल समेत खसाली दिएकाे उनले वताए ।

त्यस लगतै कहरथुवाहरुलेे प्रहरी चाैकी भिस्वामा पुगेर केही समय धर्ना दिदै घटना बारे जानकारी समेत गराएका थिए । त्यस पछि शुक्रबार विहान पंचायती बसी विवाद साम्य भएकाे स्थानियहरुले वताए छन् । पंचायतीमा वडाध्यक्ष कानुले आफु संग गल्ती भएकाे स्विकार गर्दै माफी मागे पछि विवाद साम्य भएकाे समाचार स्राेतले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...