Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

छिपहरमाईका वडाध्यक्ष कानुद्वारा कहरथुवाहरुलाई दुर्व्यवहार

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. ५ भस्वाका वडाध्यक्ष मऔजीलाल साह कानुले तिर्थ यात्रुहरुलाई दुर्व्यवहार गरेका छन् । वडाध्यक्ष कानु सहितका स्थानिय ३ जनाकाे समुहले वडा कार्यालयकाे प्राङ्गमा बास बसेका कहरथुवाहरुलाई  दुर्व्यवहार गरेका हुन् ।

रक्सी खाएर मातिएका वडाध्यक्ष कानु सहितकाे समुहले आफुहरुलाई गाली गलाैज गर्दै दुर्व्यवहार गरेकाे कहरथुवाहरुले वताएका छन् ।

भारतकाे त्रिवेनीबाट धार्मिक तिर्थ यात्राबाट घर फक्रने क्रममा बिहिबार राती मिर्जापुर कहरथुवाहरुले वडा ५ भिस्वाको वडा कार्यालयकाे प्राङ्गणमा बास बसेका थिए । साेही बेला रातीकाे १० बजेकाे समयमा वडाध्यक्ष कानु सहितकाे ३ जनाकाे समुहले त्यहाँ पुगी तिमीहरु किन यहाँ बसेकाे ?, कस संग साेधेर बसेकाे ? म वडाकाे मुखियाकाे हु भन्दै जल समेत खसाली दिएकाे कहरथुवा भुलन यादवले वताए ।

रक्सी खाएर मातेका उनीहरुले आफुहरुलाई खुट्टाले हिर्काउदै जल समेत खसाली दिएकाे उनले वताए ।

त्यस लगतै कहरथुवाहरुलेे प्रहरी चाैकी भिस्वामा पुगेर केही समय धर्ना दिदै घटना बारे जानकारी समेत गराएका थिए । त्यस पछि शुक्रबार विहान पंचायती बसी विवाद साम्य भएकाे स्थानियहरुले वताए छन् । पंचायतीमा वडाध्यक्ष कानुले आफु संग गल्ती भएकाे स्विकार गर्दै माफी मागे पछि विवाद साम्य भएकाे समाचार स्राेतले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...