Date
आइत, साउन १७, २०८३
Sun, August 2, 2026

सरस्वती पुजाकाे अवसरमा साँस्कृतिक कार्यक्रम

spot_img
spot_img

वीरगंज । सरस्वती पुजाकाे अवसरमा बिहिबार विभिन्न सामुदायिक तथा निजी विद्यालयहरुमा साँस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्र/छात्राहरुले गित र नृत्य प्रस्तुत गरेका थिए ।

सरस्वती पुजा कै अवसरमा पर्साकाे धाेबिनी गाउँपालिकाकाे वडा नं. ४ स्थित रहेकाे ब्लु हेभन एकडेमी बाेर्डिङ स्कुलमा  सांसकृतिक कार्यक्रम सम्पन्न भएकाे छ । विद्यालय प्राङ्गणमा भएकाे कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्र/छात्राहरुले गित, नृत्य, भनाई र चेतना मूलक नाटक प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले प्रस्तुत गरेकाे  “वेटी पढाउ बेटी बचाउ” सम्बन्धि नाटकले कार्यक्रमका सहभागिलाई भाउक बनाएकाे थियाे ।

विद्यालयका प्रिन्सपल सुदिल पटेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा इलका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र सिंह, धाेबिनी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष मजिद मियाँ, वडा नं. ५ का वडाध्यक्ष मनौर अहमद, वडा नं. २ का वडाध्यक्ष नन्दलाल कुर्मी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिशंकर पटेल, पत्रकार शम्भु कुमार सुमन, वडा नं. ४ का वडा सचिव अजय साह लगायत अभिभावक र विद्यार्थीहरुकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रमकाे संचालन शिक्षक अशाेक पटेलले गरेका थिए भने स्वागत मन्तव्य शिक्षक ललन पटेलले गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ सम्पन्न

वीरगंज । राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठान र वीरगंज टोस्टमास्टर्स क्लबको संयुक्त आयोजनामा ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ को फाइनल चरण शनिबार वीरगंजमा सम्पन्न...

वीरगंजमा निषेधाज्ञा हट्यो, आन्दोलन स्थगित भएसँगै जनजीवन सामान्य

वीरगञ्ज । केही दिनयता तनावग्रस्त बनेको वीरगंजकाे अवस्था सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी...

वीरगंजकाे रानीघाटबाट प्रदर्शनका क्रममा पक्राउ परेका चारै जना रिहा

वीरगंज । वीरगंजकाे रानीघाट चोकमा टायर बालेर प्रदर्शन गर्ने क्रममा शनिबार बिहान पक्राउ परेका हिन्दू सङ्गठनसँग आबद्ध चार जना युवा साँझ रिहा भएका छन्। सुनसरी...