Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

वीरगन्जबाट करोडौं लिएर फरार भएका प्राइम सहकारीका संचालकलाई प्रहरीले पक्राउ गर्न सकेन

spot_img
spot_img

वीरगंंज । वीरगन्जको लिंकरोडमा रहेको प्राइम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले करोडौ रुपैया लिएर फरार भएको एक बर्ष वित्नलाग्दा पनि पर्सा प्रहरीले संचालक समितिलाई पक्राउ गर्न सकेकाे छैन ।

स्थानिय १४ सय जनाले संस्थामा जम्मा गरेको करिब १० करोड रुपैया संस्थाका संचालक समितिका अध्यक्ष सहितकाले सो रकम लिएर फरार भएको एक बर्ष वितिलाग्दा पनि प्रहरीले पक्राउ गर्न नसकेकाे हाे ।

नेपाल प्रहरीको ११२ टोलीका प्रहरी अधिकृत हुन् पर्साका प्रहरी उपरिक्षक (एसपी) सोमेन्द्र सिंह राठौर । उनी अपराध अनुसन्धान र कमाण्ड कन्ट्रोलमा अब्बल अधिकृतको रुपमा पनि परिचित छन् । तर उनी पर्सा जिल्लामा आएको ८ महिना वित्तिसक्दा पनि फरार सहकारी संस्थाका संचालक समितिका पदाधिकारीलाई पक्राउ गर्न सकेन ।

स्थानियले आफनो खुनपसिना बगाएर संस्थामा जम्मा गरेको करोडौ रुपैया लिएर संचालक समितिका अध्यक्ष राजेश पटेल र कोषाध्यक्ष उनकी श्रीमती रिता कुमारी पोखरेल नेपालमै मौजमस्ती गरीरहेपनि प्रहरीले पक्राउ गरीरहेको छैन् । पटेल आफ्नो परिवार सहित गृह जिल्ला रौतहटको सखुवा धमौरा वडा नम्बर ७ मा जनताको रकमले विलासी जिवन विताई रहेका छन ।

सोमबार सहकारीबाट ठगिएका स्थानियले नेपाल पत्रकार महासंघ पर्सा शाखामा पत्रकार सम्मेलनको आयोजना गरी फरार पटेल सहित संचालक समितिका पदाधिकारीलाई पक्राउ गरी आफ्नो रकम असुल उपर गराउँन आग्रह गरे ।

पत्रकार सम्मेलनमा वीरगन्ज १६ ईनर्वाका लालदेव यादवले ठगि गर्ने सहकारी संस्थालाई पर्सा प्रहरीले अहिले सम्म पक्राउ नगरेको गुनासो गरे । उनले भने, हामी गुहार लिएर जिल्ला प्रहरी कार्यालयमा जान्छौ तर त्यहा रहेको प्रहरी अधिकृतहरुले उल्टै हप्काएर पठाउँने गरेका छन । प्रहरी अधिकृत भन्छन्, तिमि कोसंग सोधेर पैसा जम्मा गरेको हौं, जाउँ तिम्रो पैसा अब डुबि सक्यो केहि हुनेवाला छैन भनि गैर जिम्मेवारी देखाउँदै हप्काएर पठाउँने गरेको बताए ।

पत्रकार सम्मेलनमा वीरगन्ज ४ विर्ताका देवनारायण भडेलले आफ्नो डेढ करोड रुपैया संस्थाले ठगि गरेको बताए । उनले भने, आफ्नो जग्गा बेचेको १ करोड ५० लाख रुपैया संस्थाका अध्यक्ष पटेलले बार्षिय १८.७५ प्रतिशत बार्षिक व्याजमा एकबर्षको लागि फिक्स डिपोजित गरेका थिए ।

२०७६ जेष्ठ १८ गते रकम जम्मा गरेको एक बर्ष पुग्ने वाला थियो, तर पटेलले २०७५ चैत्र २४ गते नै सहकारीको करोडौ लिएर फरार भए । मेरै घरमा घरभाडा लिएर बसेका थिए, उनको श्रीमती र परिवार संग राम्रो हेलमेल पनि थियो उनले भने, मेरो जग्गा बेचेको पैसा आएको देखेर पटेलले मलाई व्याजको प्रलोभलन देखाएर करोडौ लुटेर गयो । उनले थपे, हाम्रो परिवारका सदस्यले समेत उनकै सहकारीमा बचत गरेका करिब १३ लाख ४७ हजार रुपैया पनि जम्मा गरेको थियो ।

पटेल आफ्नै घरमा लुकिछिपी बसीरहेको जानकारी पाएपनि उनको रौतहट घरमा जाँदा पटेलका बुवाले मेरो छोरालाई बेपत्ता बनाईस् भनि उल्टै धाकधम्की दिने गरेको गुनासो समेत उनले गरे । पटेल लुकेर बसेको बारे प्रहरीलाई जानकारी गराउँदा समेत प्रहरीले कुनै सुनवाई गरेन् ।

भिख माँगी जम्मा गरेको रकम समेत सहकारीले छाडेन्

वीरगन्ज २ छपकैयाकी एक महिला शैनाज खातुनले भिख माँगी जम्मा गरेको १३ हजार रुपैया समेत सहकारी संचालक समितिले लिएर फरार भएको दुखेसो पोखिन् । पत्रकार सम्मेलनमा विलौना गर्दै खातुनले भनिन्, यो संसारमा म बाहेक अरु कोहि छैन्, बिहान बेलुका भिख माँगेको रकम एक छाक टारेर जम्मा गरेको थिए, मेरो रकम लिएर भाग्नेलाई भगवानले कहिले माफ गर्दैन् ।

त्यसैगरी पर्साको ईनर्वाभाठ्ठा २ का राजदेव राउत अहिरले कित्ता नम्बर ५९३ नम्बरको आफ्नो जग्गा प्राईम बचत सहकारी संस्थामा बन्धक राखेर २५ लाखको स्वीकृती गराए पनि संस्थाका अध्यक्ष पटेलले राष्ट्रिय सहकारी संस्थासंगको मिलोमतोमा ४५ लाख रुपैया ऋण निकाली ठगि गरेको छ ।

पत्रकार सम्मेलनमा राजदेवका भाई लालदेवले २५ लाख ऋण लिएपनि संस्थाका अध्यक्ष पटेलले राष्ट्रिय सहकारी संस्थाबाट ४५ लाख रुपैया ऋण लिएर २० लाख रुपैया ठगि गरेको आरोप लगाए । उनले भने, सहकारी ठगि बारे जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी नै दिएको एकबर्ष हुन लाग्यो तर अहिलेसम्म प्रहरी प्रशासनले उनीहरुलाई पक्राउ गर्न सकेन् ।

पत्रकार सम्मेलनमा सहभागि वीरगन्ज २ छपकैयाकी खैरुन नेसाको ७५ हजार, आदिना खातुनको १ लाख ६० हजार, रामपुकार कुशवाहाको ३ लाख २५ हजार, उमेश कुशवाहाको २३ लाख, बारा कलैया निवासी हाल वीरगन्ज बस्दै आएका मनोज दुवेको ४ लाख ८० हजार लगायत १४ सय बचतकर्ताको करिब १० करोड रुपैया भन्दा बढी रकम लिएर फरार भएका छन ।

संचालक समितिका अध्यक्ष पटेल, वरिष्ठ उपाध्यक्ष भारती गुरुङ्ग, उपाध्यक्ष रामलक्ष्मण तिवारी, महासचिव रुपेश कुमार गुप्ता, कोषाध्यक्ष रिता कुमारी पोखरेल, सचिव शिक्षा थापा, सदस्य सुमित कुमार शर्मा र बजार प्रतिनिधि महावीर ठाकुर, अनिल यादव विरुद्ध ठगि मुद्दा दिएको स्थानियले बताए ।

उजुरी दिएको ११ महिना देखि हामी पिडितले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा न्यायको लागि गुहार गर्दै फरार भएका संस्थाका पदाधिकारीहरुलाई पक्राउ गरी हाम्रो रकम असुल उपर गराउँन आग्रह गर्दा कुनै सुनवाई नभएको उनीहरु बताउँछन ।

सहकारी संस्थामा दैनिक ज्यालादारी गर्ने, ठेला, रिक्सा चलाउने देखि लिएर तरकारी बेच्ने, कबाड बेच्ने लगातयका करिब जनताले दैनिक ज्यालादारी गरेको आम्दनीबाट बचत गर्न सहकारीमा जम्मा गर्ने गरेका थिए । तर सहकारी संस्था फरार भएपछि उनीहरु अहिले विचल्लीमा परेका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्ज नाकाबाट धमाधम मल भित्रिँदै, गोदाम भरिएपछि वैकल्पिक भण्डारण खोज्दै कृषि सामग्री कम्पनी

वीरगञ्ज । नेपाल–भारत सरकारबीचको जिटुजी सम्झौताअनुसार खरिद गरिएको रासायनिक मल ठूलो परिमाणमा वीरगञ्ज नाकाबाट भित्रिन थालेपछि कृषि सामग्री कम्पनी लिमिटेड, मधेस प्रादेशिक कार्यालय वीरगञ्जलाई...

सिरहामा ११ क्विन्टलभन्दा बढी गाँजा बरामद, बोलेरो र मोटरसाइकल छाडेर तस्कर फरार

सिरहा । सशस्त्र प्रहरी बलले सिरहाको सुखीपुरबाट ११ क्विन्टलभन्दा बढी अवैध गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको बोलेरो पिकअप र मोटरसाइकलसमेत...

कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ । नेपाली कांग्रेसको संस्थापन पक्षले यही असोज १८...