वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकामा माघ १८ गते शनिबार हुने छाेरी विमा बचत/मुद्दती खाता खाेल्ने शिविर तयारी सम्बन्धमा आज बैठक सम्पन्न भएकाे छ ।
वडा नं. ५ र ६ काे वडा प्रतिनिधि, महिला स्वास्थ्य सेविका र अन्य समाज सेवीहरु बैठक बसी शिविर तयारी तथा सफल बनाउन सम्बन्धमा छलफल भएकाे गाउँपालिका स्वास्थ्य संयाेजक राजेश राैनियारले वताए ।
गाउँपालिका अध्यक्ष प्रदिप जयसवालकाे अध्यक्षतामा बसेकाे बैठकमा वडा नं. ५ का वडाध्यक्ष रुपलाल यादव, लगायतकाे सहभागिता रहेकाे थियाे ।
यता सखुवा प्रसाैनी गाउँपालिकाकाे वडा नं. ५ महुवनमा हाजरी जवाफ प्रतियाेगिता सम्पन्न भएकाे छ । श्री ने.रा.मा.वि. महुवनमा भएकाे हाजरी जवाफ प्रतियाेगितामा प्रथम, द्वितिय र तृतिय हुनेलाई गाउँपालिका अध्यक्ष जयसवालले पुरस्कृत गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस