Date
बुध, साउन २७, २०८३
Wed, August 12, 2026

एघारौं शनिबार पनि शंकराचारद्वारमा सरसफाई

spot_img
spot_img

वीरगंज । भोलन्टियर समुहद्वरा ६८ औ अन्तराष्ट्रिय भन्सार दिवसकाे अवसरमा एघारौ हप्ताको सरसफाई कार्यक्रम सम्पन्न भएकाे छ । नेपालको मुख्य प्रवेशद्वारको रुपमा चिनिने वीरगंजकाे शंकराचार्य गेटको वरि परि रहेको फोहरमैलालाइ सरसफाइ गर्ने उद्देश्यले शनिबार सरसफाइ गरिएकाे हाे ।

ग्रीन सिटि, छपकैया सामुदायिक प्रहरि सेवा र भन्सार कार्यालयकाे समेत समन्वय गरि भाेलन्टियर समुहले सरसफाइ गरेकाे भाेलन्टियरका संयाेजक राजन श्रीवास्तवले वताए । शंकराचार्य गेटको सरसफाईमा जुटेका भोलेन्टियर समुह वीरगंजले एघारौ सप्ताह पनी वीरगंज ग्रिन सिटी, सामुदायिक प्रहरी साझेदारी र भंन्सार कार्यालय वीरंगको सहकार्यमा शंकराचार्य गेट देखी वीरगंज भंन्सारको मुल गेटसम्म सरसफाई गरेकाे उनले जानकारी गराए ।

सरसफाई कार्यक्रममा सुरुवात देखि नै बिरगंज महानगरपालिकाले दमकल, पानी, सरसफाइ सामाग्री लगायत कर्मचारी समेत खटाउदै सरसफाइ कार्यमा हातेमालो गर्दै आएकाे छ ।

भोलेन्टियर समुहका वीरगंका किशन सरार्फको अध्यक्षतामा भएको कार्यक्रममा अनिल हजरा, शेष हजरा, विनय गुप्ता, ग्रिनसिटी वीरगंजका प्रकाश खेतान, ग्यासुदिन ठकुराइ, सर्फुदिन मिया, नेहाल आलम, मुकेश खेतान, महिला समुहका प्रतिनिधि, समाजसेवा, सामाजिक अभियन्ता लगायत, ट्राफिक कार्यालय प्रहरी निरीक्षक कमल राज पंडित, वीर्ता प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्मल पनेरु र विभिन्न सामुदायिक प्रहरी साझेदारीका पदाधिकाहरूको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवाको ऊर्जा र सिर्जनशीलतालाई राष्ट्र निर्माणमा जोड्नुपर्छ : रुपेश पाण्डे

वीरगंज । नेकपा एमालेका नेता रुपेश पाण्डेले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण युवाहरूमा शुभकामना व्यक्त गरेका छन् । युवा केवल भविष्य...

तस्करीको सामान नछाडेपछि सप्तरी प्रहरीविरुद्ध अफवाह फैलाएको आरोप

सप्तरी । भन्सार छली गरी ल्याइएको भनिएको सामान कानुनी प्रक्रिया पूरा नगरी फिर्ता गर्न अस्वीकार गरेपछि सप्तरी प्रहरीविरुद्ध भ्रमपूर्ण प्रचार तथा अफवाह फैलाउने प्रयास...

केपी ओलीलाई फालेझै वालेनलाई सडक आन्दोलनबाट फाल्छौं : विकेश साह

काठमाडौं । जेनजी आन्दोलन सुरु भएको झण्डै एक वर्ष पुग्नै लाग्दा ‘कमन जेनजी नेपाल’ले प्रधानमन्त्री वालेन्द्र (वालेन) शाह नेतृत्वको सरकारलाई कडा चेतावनी दिँदै पुनः...