Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

बहुदरमाई नगरपालिकामा ताेडफाेड र आगजनी, ४ जना घाइते

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकामा आज ताेडफाेड र आगजनी भएकाे छ । बहुदरमाई नगरपालिकाकाे वडा नं. ३ स्थित रहेकाे श्री महाविर साह माध्यमिक विद्यालय नगरदाहाका विद्यार्थीहरुले नगरपालिकाकाे कार्यालयमा ताेडफाेड तथा आगजनी गरेका हुन् ।

विद्यार्थीहरुले नगरपालिकाकाे ना. १ ब. २९०६ नम्बरकाे प्लसर माेटरसाइकल जलाउनुकाे साथै कार्यालयकाे फर्निचर तथा कागजपत्र समेत जलाइदिएकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले वताए । नगरपालिका कार्यालयकाे एक वटा माेटरसाइकल, ७ वटा डेक्सटप कम्प्युटर, एक सेट साेफा, टेबल, कुर्सी, सिसि टिभी क्यामरा र कागजपत्र विद्यार्थीहरुले जलाएकाे प्रहरी निरिक्षक सिंहले वताए ।

विद्यार्थीहरुले नगर कार्यपालिका कार्यालयकाे दर्ता चलानी रजिष्टर लागतकाे कागजपत्र जलाएकाे उनले वताए ।

विद्यार्थीहरुले विद्यालयकाे समस्या सम्बन्धमा नगरपालिकाका मेयर नितेन्द्र साह संग भेटन नगरपालिकाकाे कार्यलय पुगेका थिए । नगरपालिका मेयर साह कार्यालयमा नभेटिए पछि कर्मचारी, केही स्थानिय र विद्यार्थी विच विवाद हुदा झडप समेत हुन पुग्याे ।

जुन झडपामा परेर ४ विद्यार्थीहरु घाइते समेत भएका छन् । कक्षा ९ का संजय कुमार तुराहा, कक्षा ७ का शेषनाथ प्रसाद यादव, साेही कक्षाकी पुनिता कुमारी पटेल र अजय साह तुराहा घाइते भएका छन् । घाइते चारै जनाकाे नारायणी अस्पताल वीरगंजमा उपचार भइरहेकाे छ ।

नगरपालिकाका कर्मचारी र मेयर साह पक्षधर केही स्थानियहरुले विद्यार्थीहरुलाई कुटपिट गरे पछि झन आक्राेसित बनेका विद्यार्थीहरु ताेडफाेड र आगजनीमा उत्रेका थिए ।

विद्यार्थीहरुले नगरपालिका कार्यालय अगाडी टायर बालेर प्रदर्शन समेत गरेका थिए ।  विद्यार्थीहरुकाे प्रदर्शन, ताेडफाेड र आगजनीका कारण शुक्रबार दिनभर साे क्षेत्र तनावग्रस्त रह्याे ।

विद्यार्थीहरुकाे ताेडफोड र आगजनीबाट क्षति भएकाे सम्पुर्ण विवरण आइनसकेकाे प्रहरीले जनाएकाे छ भने अनुमानित रु २५ लाख जतिकाे क्षति भएकाे प्रहरीकाे अनुमान छ ।

नगरपालिका मेयर बाहिर रहेका कारण विवादका सम्बन्धमा छलफल हुन नसकेकाे इलका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक सिंहले वताए । भाेली शनिबार मेयर साहेब आए पछि समस्या सम्बन्धमा छलफल गरी विवाद समाधान गरिने प्रहरी निरिक्षक सिंहले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वित्तीय अनुशासन र कर्मचारी व्यवस्थापन सुधार प्रयासमा मधेस

जनकपुरधाम । मधेस प्रदेश सरकारले पछिल्लो १०० दिनमा वित्तीय अनुशासन, बजेट कार्यान्वयन, राजस्व व्यवस्थापन तथा प्रशासनिक सुधारलाई प्राथमिकतामा राखेको छ । मधेस प्रदेश सरकारको अर्थ...

कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक हस्तक्षेप हुँदैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक प्रभाव पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कर्मचारी सञ्चय कोष...

सिमराकी तीन वर्षीया बालिका बलात्कारपछि हत्या प्रकरणका १० प्रतिवादी रिहा

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा आरोपित १० जना अदालतको आदेशपछि रिहा भएका छन्। बारा जिल्ला अदालतले प्रोग्रेश (पुरग्रेश) चौधरीलाई...