Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

सखुवा प्रसाैनीमा हाजिरी जवाफ प्रतियाेगिता सम्पन्न

spot_img
spot_img

पर्सा । पर्साको सखुवा प्रसाैनी गाउँपालिकामा आज हाजिरी जवाफ प्रतियाेगिता सम्पन्न भएकाे छ । सखुवा प्रसौनी गाउँपालिकाकाे आयोजनामा श्री दिपनारायण आदर्श माध्यमिक विद्यालय औराहा पन्चगवामा भएकाे प्रतियाेगितामा सम्पन्न भएकाे हाे ।

श्री दिपनारायण आदर्श माध्यमिक विद्यालयका प्राध्यापक शिवनाथ प्र.चौधरीकाे अध्यक्षतामा र गाउँपालिकाको अध्यक्ष प्रदीप जयसवालको प्रमुख अतिथिमा भएकाे प्रतियाेगितामा समाजिक विकास शाखा प्रमुख बिनोद प्र यादव, योजना प्रमुख कमलेश सहनी, स्थानीय पंजीकरणका फिल्ड सहायक सबिता तिमल्सिना, शिक्षक शिक्षिकाहरू र छात्रछात्राहरूको उपस्थिति रहेको थियो ।

बिधालयका कक्षा ६ देखी १० सम्मका विद्यार्थीहरुलाई रातो, हरियो, निलो, ओरेन्ज र पहेलो रङ्ग नाम दिइएकाे ५ वटा समुहमा विभाजित गरी प्रतियाेगिता भएकाे थियाे । साे प्रतियोगितामा प्रथम हरियो समुह, दोस्रो ओरेन्ज समुह र तेस्रो निलो समुह भएको थियाे ।

कार्यक्रमकाे प्रमुख अतिथि गाउँपालिका अध्यक्ष जयसवालले बिजय समुहरुलाई पुरस्कार वितरण गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मुलुकको संकट समाधानका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार अपरिहार्य : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकमा देखिएको वर्तमान राजनीतिक संकट समाधानका लागि अन्तरिम सरकारसँगै अन्तरिम संविधान आवश्यक रहेको...

पत्रकार तिवारी यादवको पहलमा बुनियादमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा शनिबार निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। पत्रकार तिवारी यादवको पहल तथा एलएस न्युराे हाेस्पटिल...

टेस्ला गाडीमा पुरानै मूल्य कायम गरी थप राजस्व मागेको भन्दै आयातकर्ताको आपत्ति

वीरगंज । विश्व बजारमा टेस्लाका विद्युतीय सवारीसाधनको मूल्य घटेको अवस्थामा नेपालमा आयात भएको गाडीको वास्तविक खरिद मूल्यभन्दा पुरानो आयात मूल्यलाई आधार बनाएर थप राजस्व...