Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026

क्यान इन्फोटेककाे सम्पूर्ण तयारी पुरा, उद्घाटन पूर्व राष्ट्रपति यादव गर्ने

spot_img
spot_img

वीरगंज । क्यान महासंघ पर्साले वीरगंजमा आयाेजना गर्न लागेकाे दोश्रो प्रदेश स्तरिय क्यान इन्फोटेक २०२० काे सम्पूर्ण तयारी पुरा भएकाे आयाेजकले जनाएकाे छ । आयाेजकले पत्रकार सम्मेलन गर्दै क्यान प्रदेश नं. २ को संयोजन र क्यान महासंघको संरक्षणमा भाेली (विहिबार) देखि सुरु हुने कार्यक्रमकाे उदघाट नेपालका प्रथम राष्ट्रपति रामबरण यादवले गर्ने कार्यक्रम रहेकाे जनाएकाे हाे ।

वीरगंजको नगर सभागृह (टाउन हल) मा आयोजना गरिएकाे क्यान इन्फोटेक ५ दिन सम्म चल्ने छ ।

कार्यक्रम स्थल मै पत्रकार सम्मेलन गर्दै आयाेजकले नेपालमा रहेर सूचना प्रविधि क्षेत्रमा काम गर्नेहरुको मेला अर्थान क्यान इन्फोटेक वीरगंजमा यस पटक आईटि संग सम्बन्धित विभिन्न ६० वटा स्टल रहने जनाएका छन् ।

प्रभु पे मुख्य प्रायोजक रहेको क्यान इन्फोटेक २०२० वीरगंजमा विभिन्न छुटकाे समेत व्यवस्था गरिएको छ । क्यान इन्फोटेकमा प्रभु पे एप मार्फत टिकट खरिद गर्दा कटेको टिकेटको पुरा रकम एप मार्फत फिर्ता आउने आयोजकहरुले बताए । त्यसैगरी यसपटकका मुख्य आकर्षणमा रोबोट प्रतियोगिता, आईटि म्युजियम, आईसीटि छात्रवृति, छुट दरमा विभिन्न उपकरणलगयात रहेका छन् ।

पाँच दिन सम्म चल्ने क्यान इन्फोटेक २०२० वीरगंजमा हरेक दिन विभिन् विषयमा जानकारी मुलक सेमिनार, अभिमुखीकरण, प्यानल छलफल र प्रदर्शनी समेत लाग्ने क्यान पर्साका अध्यक्ष दिपक साहले बताए । त्यसैगरी स्कुल, कलेज र आईटि अध्यनरत विद्यार्थीहरुका लागि पनि छुट्टै छुट्टै सेमिनारको व्यस्था गरिएको साहले जानकारी दिए ।

क्यान महासंघ पर्साका अध्यक्ष दिपक साहको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य भुपाल दास श्रेष्ठ, क्यान महासंघ प्रदेश नं २ का अध्यक्ष आलोक कुमार चौरसिया, क्यान महासंघ पर्साका उपाध्यक्ष प्रशान्त कुमार, कोषाध्यक्ष संजय कुर्मी, सह सचिव गणेश सर्राफलगयातको उपस्थिति रहेको थियो । कार्यक्रमकाे संचालन क्यान महासंघका कार्यसमिति सदस्य आशुँ कुमार सर्राफले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मौसम परिवर्तनसँगै पर्साको ग्रामीण भेगमा रुघाखोकी र भाइरल ज्वरोका बिरामी बढे

सेढवा । मौसम परिवर्तनसँगै पर्साको ग्रामीण भेगमा रुघाखोकी, भाइरल ज्वरो तथा टाइफाइडलगायतका रोगका बिरामीको संख्या बढ्न थालेको छ । बिहान–बेलुका चिसो र दिउँसो गर्मी...

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रका मूल्य र मान्यताबाट नडगमगाउने अडान व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना...

विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ एकदिवसीय श्रृङ्खला खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरिएको छ । यहाँ आज आयोजित कार्यक्रममा नेपाल क्रिकेट सङ्घ...