Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

सशस्त्र प्रहरीद्वारा ४ करोड बढीका भन्सार छलीका समान बरामद

spot_img
spot_img

 वीरगंज । सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ हेडक्वाटर राजश्व तथा भन्सार गस्ती सुरक्षा गुल्मले चालु आर्थीक वर्षको ६ महिनामा ४ करोड भन्दा बढीका भन्सार छलीका माल समानहरु बरामद गरि भन्सार कार्यालयमा बुझाएको छ ।

भन्सार राजश्व गस्ती गुल्मको एरीया पर्ने पर्सा र बाराका सिमा नाकाहरुबाट अवैध रुपमा भन्सार छली भित्रयाइएको ४ करोड ७ लाख २१ हजार ७ सय ७६ रुपैया बराबरको विभिन्न समानहरु बरामद गरिएको गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक अमर बहादुर खत्रीले जानकारी दिए ।

खुला सिमा नाका कारण हुन सक्ने अपराधीक गतिविधिहरुमा नियन्त्रण तथा भन्सार चोरी तस्करीलाई कडाईका साथ नियन्त्रणका लागी भन्सार गुल्मबाट खटिएको सशस्त्र प्रहरीको टोलीले विभिन्न मितिहरुमा बरामद गरेका समानहरुमा सबै भन्दा धेरै रकम सवारी साधनहरुको देखिएको छ ।

अवैध रुपमा भन्सार छली तथा बेवारिसे अवस्थामा कागज पत्र नभएको भेटिएपछि २ करोड ३९ लाख ९७ हजार रुपैया मुल्य बराबरका विभिन्न सवारीका साधनहरुलाई नियन्त्रणमा लिएर भन्सार बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक खत्रीले बताए ।

त्यसैगरी अवैध रुपमा भन्सार चोरी पैठारी गरि भित्रयाइएको ५३ लाख ९५ हजार १ सय २८ रुपैयाको लत्ता कपडा, नेपालमा प्रतिबन्धीत भारतीय र नेपाली रुपैया गरेर ३६ लाख ३३ हजार पच्चीस रुपैया, हार्डवेयर २० लाख ४२ हजार ९ सय पच्चास रुपैया, पशु चौपाया १७ लाख ३० हजार रुपैया, किराना १७ लाख १० हजार ८ सय ६४ रुपैया रहेको छ ।

त्यसैगरी मोटरपार्टस ७ लाख ७६ हजार २ सय ३० रुपैया, मोबाईल कमप्युटर पार्टस र टिभी ५ लाख ६८ हजार ३ सय ८५ रुपैया, चाँदी ३ लाख ५२ हजार ६ सय ५१ रुपैया, औषधी २ लाख ५ हजार ५ सय ९८ रुपैया, भाडा वर्तन १ लाख ८० हजार ९ सय ९५ रुपैया, मरिच ७५ हजार ९ सय पच्चास र तरकारीबाट ५३ हजार गरि यो आर्थीक वर्षको छव महिनामा उक्त रकम बराबरको भन्सारी छलीका समान पक्राउ गरि भन्सार दाखीला गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक खत्रीले बताए ।

१० हजार पीस लागुऔषध एम्पुल बरामद चालु आर्थीक वर्षको श्रावण महिना देखी माघको पहिलो हप्ता सम्ममा नेपालमा प्रतिबन्धीत लागुऔषध एम्पुल १० हजार पीस बरामद गरिएको सशस्त्र प्रहरीले जनाएकाे छ ।

सिमावर्ती भारतीय शहर रक्शौलबाट विभिन्न माध्यमबाट नेपाल प्रवेश गर्ने विभिन्न व्यक्तीहरु तथा सवारीका साधनहरुलाई शंका लागी चेकजाच गर्ने क्रममा लुकाई छिपाई ल्याइएका लागुऔषधहरु डाईजोल्याब ३ हजार ७ सय २ पीस, फेनार्गन ३ हजार ३ सय ९७ पीस, नोर्फिन ३ हजार ४ सय १४ पीस, वीन सिरेक्स ४२ बोतल, ब्राउन सुगर २ ग्राम र नाइट्राभेट टयाबलेटस ४ सय ३० पीस लागूऔषधहरु सहित पक्राउ परेका व्यक्तीहरुलाई स्थानीय प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक खत्रीले जानकारी गराए ।

चेलीबेटी बेचबिखन ओसार पसारमा कडाई तथा विदेशी नागरिक पक्राउ राजश्व चुहावट नियन्त्रणको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलले सिमा नाकाको रक्षा तथा अवैध चोरी पैठारी नियन्त्रणका साथै नेपालबाट भारततर्फ हुने चेली बेटी बेचबिखन तथा ओसार पसारमा नियन्त्रण गर्न समेत कडाईका साथ सक्रिय भएर लागेपछि भारतमा बेचिन लैजादै गरेको अवस्थामा कैयौ चेलीहरुको उद्धार समेत गरेको छ ।

त्यसैगरि राहदानी विनानै नेपाल प्रवेश गर्ने ४ जना भुटानी नागरिक सहित १ जना तिब्बतीयन नागरिकलाई समेत पक्राउ गरि अध्यागमन कार्यालयको जिम्मा लगाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक खत्रीले बताए । बिभिन्न अपराध लागुऔषध ओसार पसार, मानव बेच बिखन तथा अन्य अपराधीक क्रियाकलापमा संलग्न ३२ जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...