Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026

नेकपा नेता बैठा पूर्पक्षका लागि जेल चलान

spot_img
spot_img

वीरगंज । ठगी मुद्दामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश २ का सदस्य रामबाबु बैठा पूर्पक्षका लागि कारागार चालन भएका छन् । पर्सा जिल्ला अदालतकाे इजलाश नं. ३ का न्याधिश कृष्ण प्रसाद सुवेदीकाे आदेश अनुसार बैठा कारागार चलान भएका हुन् ।

बैठालाई पूर्पकक्षका लागि थुनामा राख्न आदेश भएकाे पर्सा जिल्ला अदालत वीरगंजका श्रेस्तादार कृष्ण प्रसाद अधिकारीले वताए । अदालतकाे ३ नं. इजलाशकाे न्याधिशकाे आदेश अनुसार उनलाई पूर्पक्षकाे लागि वीरगंज कारागारमा राखेर कारवाही अगाडी बढाउन आदेश भएकाे श्रेस्तदार अधिकारीले जानकारी गराए ।

नेपाल प्रहरीकाे असई बनाईदिनकाे लागि रु ७ लाख घुस लिएकाे आराेपमा बैठालाई हिजाे (साेमबार) प्रहरीले नियन्त्रणमा लिएकाे थियाे । २ महिना देखी फरार पाेखरिया नगरपालिकाकाे बनकटवा निवासी बैठा साेमबार आफै जिल्ला प्रहरी कार्यालयमा उपस्थित भए पछि प्रहरीले नियन्त्रणमा लिएकाे थियाे ।

त्यही दिन पर्सा जिल्ला अदालतमा बैठालाई पर्सा प्रहरीले उपस्थित गराउदै ५ दिनकाे लागि म्याद थप समेत गराएकाे थियाे । तर त्यसकाे भाेली पल्ट नै आज (मंगलबार) प्रहरीले बैठालाई अदालतमा हाजिर गराए पछि अदालतले पूर्पक्षकाे लागि जेल चलान गरेकाे हाे ।

एक दिन मै प्रहरीले अनुसान्धान पुरा गरी अदालतमा बैठकाे फाइल बुझाउनुले प्रहरी कै सेटिङ्गमा बैठा आफै साेमबार जिल्ला प्रहरी कार्यालय पर्सामा हाजिर भएकाे चर्चा सुरु भएकाे छ । हुनत हिजाे बैठा आफै जिल्ला प्रहरी कार्यालयमा हाजिर भए देखी नै यस्ताे चर्चा सुरु भएकाे थियाे । तर आज प्रहरीले एक दिनै मै बैठालाई अदालतमा हाजिर गराउन लग्नुले झन प्रहरीकाे अनुसन्धान माथी प्रश्न चिन्ह खडा गरिदिएकाे हाे ।

२०७२ साल मै राैतहटकाे माैलापुर नगरपालिका वडा नं. ७, सगैया निवासी प्रदिप कुमार साहलाई प्रहरी सहायक निरिक्षक (असई) पदमा जागरि लगाइदिने भनि बैठाले रु ७ लाख घुस लिएकाे आराेपमा २ महिना पहिला नै मुद्दा दर्ता भएकाे थियाे ।

पिडित साहले जिल्ला प्रहरी कार्यालय पर्सामा उजरी दिए पछि प्रहरीले ३ जना माथी ठगी मुद्दा दर्ता गरेका थिए । जस मध्येका २ जना पक्राउ परी केही दिन पहिला नै अदालतकाे आदेश अनुसार धराैटीमा रिहा भइसकेका छन् । जुन मुद्दाका प्रमुख नायिके मानिएका बैठा त्यस पछि फरार थिए भने हिजाे एकासी आफै प्रहरी कार्यालयमा हाजिर भएका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पटेर्वा सुगौलीमा समावेशी तथा गुणस्तरीय शिक्षा सम्बन्धी समन्वय बैठक सम्पन्न

वीरगंज । समावेशी तथा गुणस्तरीय शिक्षा सम्बन्धी समन्वय बैठक मंगलबार पर्साकाे पटेर्वा सुगौली गाउँपालिकामा सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा People...

वीरगंज २५ का वडाध्यक्ष चतुर्वेदीको पक्राउ, तत्काल रिहा नगरे आन्दोलनको चेतावनी

वीरगंज । वीरगंज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले नियन्त्रमा लिएकाे छ । नारायणी अस्पतालकाे घटनामा सम्बन्धमा साेधपुछकाे लागि नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे...

नारायणी अस्पताल घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : आजपा पर्सा इन्चार्ज साह

वीरगञ्ज । आम जनता पार्टी (आजपा) पर्सा जिल्ला कमिटीले नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको कुटपिट, आन्दोलनरत चिकित्सकमाथि प्रहरी प्रशासनबाट भएको दुव्र्यवहार तथा त्यसको प्रभावस्वरूप...