Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

गाउँपालिकाकाे तथ्याँक व्यवस्थित गर्न आइटी सामग्री 

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकालाई किशाेरी सशक्तिकरणकाे लागि शिक्षा कार्यक्रम अन्तर्गत आज एक कार्यक्रमकाे बिच आइटी सामग्री प्रदान गरिएकाे छ ।

दिव्य युवा क्लब बिरन्चीबर्वा र भिएसओ नेपालकाे साझेदारीमा संचालित किशाेरी सशक्तिकरणका लागि शिक्षा कार्यक्रम अन्तर्गत गाउँ कार्यापलिकाकाे कार्यालय जगरनाथपुरलाई कम्प्यूटर २ थान, प्रिन्टर २ थान, लेड डिस्पले वाेर्ड १ थान प्रदान गरिएकाे हाे ।

गाउँपालिकाकाे तथ्यांक व्यवस्थित र अध्यावधि गर्न आवश्यक आइटी सामग्री प्रदान गरिएकाे परियाेजना संयाेजक गणेश ठकुरीले वताए । गाउँपालिका भरीकाे शिक्षा, स्वास्थ्य लगायतका सम्पूर्ण तथ्यांकहरु एक ठाउँबाट उपलब्ध हुन सक्ने उद्देश्यले एक कार्यक्रम विच आइटी सामग्री उपलब्ध गराइएकाे उनले जानकारी गराए ।

गाउँपालिका अध्यक्ष जालिम मियाँकाे अध्यक्षतामा गाउँ कार्यपालिकाकाे कार्यालय जगरनाथपुरमा भएकाे कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरीलाई साे सामग्री जिम्मा लगाइएकाे हाे । साे अवसरमा अन्तराष्ट्रिय स्वयं सेवक हेनेरी र मेलिसाकाे पनि उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...