Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

ठगी मुद्दामा नेकपा प्रदेश सदस्य बैठा प्रहरी नियन्त्रणमा

spot_img
spot_img

वीरगंज । ठगि मुद्दामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश २ का सदस्य रामबाबु बैठा प्रहरी नियन्त्रणमा परेका छन् । नेपाल प्रहरीकाे असई बनाईदिनकाे लागि रु ७ लाख घुस लिएकाे आराेपमा बैठालाई नियन्त्रणमा लिइएकाे पर्साका प्रहरी उपरिक्षक समाेन्द्र सिंह राठाैरले वताए ।

उनले भने “२०७२ साल मै राैतहटकाे माैलापुर नगरपालिका वडा नं. ७, सगैया निवासी प्रदिप कुमार साहलाई प्रहरी सहायक निरिक्षक (असई) पदमा जागरि लगाइदिने भनि बैठाले रु ७ लाख घुस लिएकाे आराेपमा २ महिना पहिला नै मुद्दा दर्ता भएकाे थियाे । साेही मुद्दामा बैठालाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेकाे छ ।”

प्रहरीले ३ जना माथी ठगी मुद्दा दर्ता गरेका थिए । जस मध्येका २ जना पक्राउ परी केही दिन पहिला नै अदालतकाे आदेश अनुसार धराैटीमा रिहा भइसकेका छन् । जुन मुद्दाका प्रमुख अभियुक्त मानिएका पाेखरिया नगरपालिका वडा नं. १ बनकटवा निवासी बैठा साेमबार आफै जिल्ला प्रहरी कार्यालय पर्सामा हाजिर भएकाे प्रहरी उपरिक्षक राठाैरले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...