Date
आइत, साउन १७, २०८३
Sun, August 2, 2026

लंगडी स्थित बाेर्डिङ्ग स्कुलमा चाेरी गर्ने चाेरहरु पक्राउ, फेला परे सामान

spot_img
spot_img

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिका वडा नं. ४ लंगडीकाे एक बाेर्डिङ्ग स्कुलमा चाेरी गर्ने चाेरहरु पक्राउ परेका छन् ।  ब्लु हेभेन एकेडेमी ब्राेडिङ्ग स्कुलमा भएकाे चाेरी आराेपमा धाेबिनी गाउँपालिका वडा नं. ३ गुलरिया निवासी १८ बर्षिय धनेश साह कानु र साेही ठाउँ निवासी १७ बर्षिय मत्रिका साह कानुलाई प्रहरीले पक्राउ गरेकाे छ ।

चाेरीमा संलग्न अर्काे एक जना साेही ठाउँ निवासी राहुल पटेल फरार रहेकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले वताए । उनकाे पनि खाेजी तलाश भइरहेकाे र उनी पनि चाडै नै पक्राउ पर्ने प्रहरी निरिक्षक सिंहले वताए ।

पुस १७ गते स्कुलमा रातीकाे समयमा कोहि नभएको माेकाछाेपी स्कुलकाे कार्यालय र लेखा शाखाकाे ताला हेक्सा ब्लेडले काटेर चाेरहरु चाेरी गरेका थिए । स्कुलको कार्यालय कोठामा रहेको डेस्टप ३ थान, सिप्यु २ थान लगायतका सामग्री चाेरहरुले चोरेर लगेका थिए । स्कुलमा रहेकाे सिसिटीभी समेत फुटाई चाेहरुहरुले चाेरी गरेका थिए ।

पक्राउ परेकाहरु प्रहरी समक्ष पाेखरियाबाट हेक्सा ब्लेड किनेर ल्याएर चाेरी गरेकाे व्यान समेत दिएका छन् । चाेरी गर्ने सामानहरु इन्डियमा लगेर बिक्रि गर्ने उनीहरुकाे याेजना रहेकाे पक्राउ परेकाहरु व्यानकाे क्रममा वताएकाे प्रहरीले जनाएकाे छ ।

इलाका प्रहरी कार्यालय लंगडीले दुबै जनालाई आइतबार पक्राउ गरेकाे हाे । हाल उनीहरुलाई इलाका प्रहरी कार्यालय पाेखरियाकाे हिरासतमा राखी थप अनुसन्धान भइरहेकाे प्रहरी निरिक्षक सिंहले वताए ।

यता चाेरीमा संलग्नहरु पक्राउ परे पछि आइतबार राती चाेरी भएका सम्मानहरु फालिएकाे छ । गुलरिया स्थित स्कुलका संचालक सुदिल पटेलकाे घर अगाडी रातीकाे समयमा चाेरी भएका सामानहरु फालिएकाे प्रहरीले जनाएकाे छ ।

चाेरी भएका सामान मध्ये डेस्टप २ थान, सिप्यु एक थान, माउस २ थान, किवाेर्ड एक थान र पावर पल्क २ थान फालिएकाे अवस्थामा आज विहान फेला परेकाे प्रहरी निरिक्षक सिंहले वताए । पिडितहरु विहान उठेपछि घर अगाडी सामान देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

पक्राउ परेका घरका सदस्यहरुले नै चाेरीकाे सामानहरु रातीकाे समयमा फालेकाे हुन सक्ने प्रहरी निरिक्षक सिंहले वताए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ सम्पन्न

वीरगंज । राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठान र वीरगंज टोस्टमास्टर्स क्लबको संयुक्त आयोजनामा ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ को फाइनल चरण शनिबार वीरगंजमा सम्पन्न...

वीरगंजमा निषेधाज्ञा हट्यो, आन्दोलन स्थगित भएसँगै जनजीवन सामान्य

वीरगञ्ज । केही दिनयता तनावग्रस्त बनेको वीरगंजकाे अवस्था सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी...

वीरगंजकाे रानीघाटबाट प्रदर्शनका क्रममा पक्राउ परेका चारै जना रिहा

वीरगंज । वीरगंजकाे रानीघाट चोकमा टायर बालेर प्रदर्शन गर्ने क्रममा शनिबार बिहान पक्राउ परेका हिन्दू सङ्गठनसँग आबद्ध चार जना युवा साँझ रिहा भएका छन्। सुनसरी...