Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

पर्साका ३ सय गर्भवति तथा सुत्केरी महिलालाई ‘विन्टराइजेसन किट’

spot_img
spot_img

वीरगञ्ज । पर्साकाे ४ स्थानिय तहका ३ सय जना गर्भवति तथा सुत्केरी महिलालाई न्यानो कपडा वितरण गरिएकाे छ । एक्सनएड नेपालको सहयोगमा दिव्य युवा क्लबले संचालन गरेकाे स्थानीय अधिकार कार्यक्रम अन्तर्गत न्यानाे कपडा वितरण गरिएकाे हाे ।

पर्साकाे पटेर्वा सुगौली गाउँपालिका, पोखरीया नगरपालिकाको वडा नं. ७ र ८, पकाहा मैनपुर गाउँपालिका वडा नं. ३ पकहा र विन्दवासिनी गाउँपालिकाको वडा नं. ५ प्रसौनी भाठ्ठामा न्यानो कपडा वितरण गरिएको क्लबका कार्यकारी निर्देशक रामाकान्त पटेलले वताए ।

स्थानीय अधिकार कार्यक्रम संचालनमा रहेको स्थानका गर्भवति र सुत्केरी महिलालाई १ थान कम्बल सहित ‘विन्टराइजेसन किट’ (कम्बल, ज्याकेट, पछ्यौरा) प्रदान गरिएको निर्देशक पटेलले जानकारी गराए ।

पटेर्वासुगौलीमा १ सय ५८, पकाहामैनपुर-३ पकाहामा ४८ जना, विन्दबासिनी- ५ भेलाहा, बट्सौरामा ३९ जना, पोखरीया ७ दलितटोल र ८ मननपुरमा क्रमशः २१ र ३४ जनालाई न्यानो कपडा वितरण गरिएको क्लबले जनाएको छ ।

पहिला समुदाय स्तरमा गर्भवति र सुत्केरी महिलाको तथ्याङ्क संकलन गरेर स्थानीय पालिकाबाट स्वीकृति लिएर मात्रै न्यानो कपडा वितरण गरिएको स्थानीय अधिकार कार्यक्रम संयोजक कोपिला चौलागाईले जानकारी दिइन् ।

चिसाे र शितलहरबाट बाच्न सहयाेग पुग्ने उद्देश्यले क्लबले एक्सनएडकाे सहयाेगमा स्थानीय अधिकार कार्यक्रम अन्तर्गत न्यानाे कपडा वितरण गरेकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...