25.3 C
Birgunj
19 April 2025
KALIKATIMES.COM

पर्साका ३ सय गर्भवति तथा सुत्केरी महिलालाई ‘विन्टराइजेसन किट’

वीरगञ्ज । पर्साकाे ४ स्थानिय तहका ३ सय जना गर्भवति तथा सुत्केरी महिलालाई न्यानो कपडा वितरण गरिएकाे छ । एक्सनएड नेपालको सहयोगमा दिव्य युवा क्लबले संचालन गरेकाे स्थानीय अधिकार कार्यक्रम अन्तर्गत न्यानाे कपडा वितरण गरिएकाे हाे ।

पर्साकाे पटेर्वा सुगौली गाउँपालिका, पोखरीया नगरपालिकाको वडा नं. ७ र ८, पकाहा मैनपुर गाउँपालिका वडा नं. ३ पकहा र विन्दवासिनी गाउँपालिकाको वडा नं. ५ प्रसौनी भाठ्ठामा न्यानो कपडा वितरण गरिएको क्लबका कार्यकारी निर्देशक रामाकान्त पटेलले वताए ।

स्थानीय अधिकार कार्यक्रम संचालनमा रहेको स्थानका गर्भवति र सुत्केरी महिलालाई १ थान कम्बल सहित ‘विन्टराइजेसन किट’ (कम्बल, ज्याकेट, पछ्यौरा) प्रदान गरिएको निर्देशक पटेलले जानकारी गराए ।

पटेर्वासुगौलीमा १ सय ५८, पकाहामैनपुर-३ पकाहामा ४८ जना, विन्दबासिनी- ५ भेलाहा, बट्सौरामा ३९ जना, पोखरीया ७ दलितटोल र ८ मननपुरमा क्रमशः २१ र ३४ जनालाई न्यानो कपडा वितरण गरिएको क्लबले जनाएको छ ।

पहिला समुदाय स्तरमा गर्भवति र सुत्केरी महिलाको तथ्याङ्क संकलन गरेर स्थानीय पालिकाबाट स्वीकृति लिएर मात्रै न्यानो कपडा वितरण गरिएको स्थानीय अधिकार कार्यक्रम संयोजक कोपिला चौलागाईले जानकारी दिइन् ।

चिसाे र शितलहरबाट बाच्न सहयाेग पुग्ने उद्देश्यले क्लबले एक्सनएडकाे सहयाेगमा स्थानीय अधिकार कार्यक्रम अन्तर्गत न्यानाे कपडा वितरण गरेकाे हाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:215. Generation time:7.573 sec. Memory consumption:82.5 mb