Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026

वीरगंजकाे हाेटलहरुमा प्रहरीकाे छापा, पक्राउ परे २ पुरुष र १० महिला

spot_img
spot_img

वीरगंज । वीरगंजको हाेटलहरुमा यौन धन्दा संचालन हुने गरेको खुलासा भएको छ । वीरगंजकाे बसपार्क देखि प्रतिमा चौक सम्मको होटेलहरुमा प्रहरीले आइतबार छापा मारी एक दर्जनलाई पक्राउ गरे पछि हाेटलहरुमा याैन धन्दा हुने गरेकाे खुलासा भएकाे हाे ।

वीरगंज बस पार्ककाे क्षेत्रकाे हाेटलहरुमा छापा मारी २ जना पुरुष र १० जना महिलाई पक्राउ गरिएकाे वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दिपक साहले वताए ।

साे क्षेत्रकाे हाेटलहरुमा याैन धन्दा हुने गरेकाे गुनासाे बढे पछि वडा प्रहरी कार्यालय श्रीपुर कै प्रहरी टाेलीले छापा मारी एक दर्जनलाई पक्राउ गरेकाे हाे । तर छापा मारी गरिएकाे हाेटल र पक्राउ परेका पुरुषकाे नाम पनि प्रहरीले वताउन चाहेकाे छैन् ।

स्थानियहरुकाे गुनासाेकाे अधारमा शनिबार पनि वडा प्रहरी कार्यालय श्रीपुरले साे क्षेत्रकाे हाेटलहरुमा छापा हानेकाे थियाे । तर काेइ पनि पक्राउ पर्न नसकेकाे प्रहरी निरिक्षक साहले वताए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कोल्हवीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३६६ जनाले पाए विशेषज्ञ सेवा

बारा । कोल्हवी नगरपालिकाको आयोजनामा तथा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा कोल्हवी प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा...

पर्सा–४ का उत्कृष्ट एसईई विद्यार्थीलाई नगद पुरस्कार र सम्मान

वीरगंज । माद्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका पर्सा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गतका विद्यार्थीहरूलाई प्रतिनिधिसभा सदस्य टेक बहादुर शाक्यले...

ठगी मुद्दाका फरार अभियुक्त गिरधारी कुर्मी पक्राउ

वीरगंज । ठगी सम्बन्धी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंजका अनुसार जिल्ला पर्सा वीरगंज महानगरपालिका–२४ निवासी...