Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

भारी परिमाणमा लागु औषध सहित दुई पक्राउ

spot_img
spot_img

सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाही अन्तर्गत रहेका प्रहरी चौकीबाट खटेका प्रहरी टोलीले अवैध लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला कास्की लेखनाथ पोखरा महानगरपालिका वडा नं. १ घर भई हाल तनहु जिल्ला सुखला गण्डकी नगरपालिका वडा नं. ३ बस्ने नुर्बु तामाँगको ३५ वर्षी छोरा पूर्ण बहादुर तामांग र तनहुँ जिल्ला सुखला गण्डकी नगरपालिका वडा नं. ७ बस्ने यम बहादुर आलेको ४३ वर्षीय छोरा यज्ञ चन्द्र आले रहेका छन् ।

निजकहरुले बा. १२ च ३५२७ नम्बरको कार चढी नेपाल भारत सीमा क्षेत्र अन्तर्गत भारतको इनर्वा गाउँको बाटो हुँदै नेपाली सीमा सर्लाही जिल्लाको पर्सा गाउँपालिका तर्फ आउँदै गरेको अवस्थामा पर्सा गाउँपालिका वडा नं. ५ स्थित शंकाको आधारमा प्रहरीले चेकजाँच गर्दा कारको पछाडि पट्टिको भागमा लुकाई छिपाई राखिएको अवस्थामा लागु औषध बरामद गरिएको थियो ।

पक्राउ परेका दुबै जनाको साथबाट प्रहरीले अवैध लागु औषध १ सय एम.एल.को फेन्साडाइल २ सय १० बोत्तल, ३ प्याकेटमा रहेको ९ सय पिस नाइट्रोभेट ट्याबलेट, मोबाइल ५ थान, हङकङको २४ डलर, ५० सेन्ट्स तथा नेपाली नगद रु. ३ लाख ६७ हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणी पाखरेलले बताए ।

बरामद गरिएको लागुऔषध सहित पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक पोखरेलले बताए ।

यसरी नै सर्लाही प्रहरीले यही माघ ४ र ५ गते बरामद गरेको रक्सी, भन्सार छलिको कपडा तथा विभिन्न किराना सामानहरु सर्लाही स्थित भन्सार कार्यालयलाई बुझाएको छ ।

सर्लाही मलंगवा वडा नं. ६, ८ र ईश्वरपुर नगरपालिका वडा नं. १३ तथा धनकौल नगरपालिकाबाट अवैध रुपमा चोरी निकाशी हुन लागेको अन्दाजी मूल्य १ लाख ३० हजार बराबरको सोफी रक्सी, कपडा तथा विभिन्न किराना सामानहरु बरामद गरि सर्लाही स्थित भन्सार कार्यालयलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...