Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

बाल विवाह तथा दाइजो मुक्त नेपालकाे नयाँ राष्ट्रिय कार्यसमिति गठन

spot_img
spot_img

काठमाण्डाै ।  बाल विवाह तथा दाइजो मुक्त नेपाल, राष्ट्रिय अभियानको नयाँ राष्ट्रिय कार्यसमिति गठन भएकाे छ । काठमाडौंमा राष्ट्रिय अभियानको साधारण सभाबाट २५ सदस्यीय कार्यसमिति गठन भएको हाे ।

विभिन्न १४ जिल्लाको अभियन्ताहरुको समावेशिता राखेर डा. सि.के. सिंहको संयोजकत्वमा उक्त कार्यसमिति गठन गरिएको कार्यसमितिका कोष संयोजक प्रकृति सिंह ठकुरीले बताए । उनका अनुसार सप्तरी, जाजरकोट, दाङ्ग, सिराहा, धनुषा, महोत्तरी, सुनसरी, गोरखा, बारा, पर्शा, कालिकोट, बर्दिया लगायतका समाजिक अभियन्ताहरुको उपस्थिति रहेको र सोही अनुसार उक्त जिल्लाहरुबाट सहभागीता सहितको कार्यसमिति चयन भएको हाे ।

संयोजक, सहसंयोजक, सदस्य सचिव, कोष संयोजक, सचिव तथा बाकीँ सदस्य रहने गरि उक्त पदीय दायीत्व अनुसार आत्म सक्षमताले सो पदीय दायित्य वाँडफाँड गरिएको कुरा राष्ट्रिय अभियानका सह संयोजक हंसा साहले बताए ।

समय २१ औं सताब्दीमा पुगीसक्दा अझै छोरी पढाउने, घर–खेत ऋण लिएर पनि छोरी विवाहमा दाइजो दिनै पर्ने अवस्था कायम रहेको र कतिपय अवस्थामा विवाह पश्चात पनि दाइजोको कारणले प्रताडि़त, अपहेलित तथा उत्पीडि़त हुनु परेको छ । सोही जटिल समस्यालाई आफ्नो तवरले पनि उन्मुलन गर्नकोलागि यो अभियान जरुरी रहेको र सो सोही अनुरुप हामी यो राष्ट्रिय अभियानको नयाँ कार्यसमितिमा आएको सह संयोजक बताएँ ।

गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं. १३ को देउराली गाउँको महिला समूहको आग्रहमा गाँउकै श्री महेन्द्र माध्यमिक विद्यालयको शिशु कक्षा देखी कक्षा ५ सम्मका सम्पूर्ण विद्यार्थीहरु शैक्षिक सामग्री वितरण गरि उक्त राष्ट्रिय अभियानको घोषणा गरिएको थियो । पछि सोही बडा नं.१३का महिला समूहको सहभागीमा प्रथम जिल्ला कार्यसमिति गोरखा जिल्लाबाटै शुरु भएको कुरा अभियानका सदस्य ललन साहले बताएँ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...