Date
मङ्ल, भदौ २, २०८३
Tue, August 18, 2026

भारतकाे उत्तरप्रदेशमा नेपालका ४ जना सम्मानित

spot_img
spot_img

वीरगंज । भारतकाे उत्तरप्रदेश देवरियाकाे मिश्रौलीमा नेपालका ३ जना पत्रकार र एक जना साहित्यकार गरी ४ जना सम्मानित भएका छन् । विश्व भाेजपुरी परिषद, नई दिल्लीकाे आयाेजनामा शनिबार भएकाे भाेजपुरी साहित्य सम्मेलन एवं सम्मान समाराेहमा पर्साका ३ जना भाेजपुरी पत्रकार र बाराका एक जना भाेजपुरी कवि सम्मानित भएका हुन् ।

वीरगंजबाट प्रकाशित भाेजपुरी टाईम्स दैनिकका प्रकाशक अजय कुमार चौरसिया कविर दास सम्मान, कार्यकारी सम्पादक श्रवण साह विवेक राय स्मृति सम्मान, फाेटाे पत्रकार शेष मकदूम जहाँ गश्त साहित्य भुषण सम्मान, भाेजपुरी कवि सनी गुप्ता भोजपुरी कवि रतन सम्मानबाट सम्मानित भएका हुन् ।

डा. जनार्धन सिंहकाे अध्यक्षतामा भएकाे कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी देवरिया प्रशासनका एडीएम राकेश पटेलले चारै जनालाई फुलकाे माला, गमछा र प्रमाण पत्रले सम्मानित गरेका थिए । भाेजपुरी भाषाकाे संरक्षण एवं विकासकाे लागि पत्रकारिता र साहित्यकाे माध्यमले याेगदान पुर्‍याएकाे भन्दै सम्मानित गरिएकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...

प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवमा पत्रकार गौतमसहित पाँच जना सम्मानित

वीरगंज । वीरगंजबाट प्रकाशित प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवको अवसरमा पत्रकार महेशचन्द्र गौतम सुवोध स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । गौतमलाई ५१ हजार रुपैयाँ...