Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

पर्सामा पनि समाजवादीकाे संगठन बिस्तार तथा सुदृढीकरण अभियान सुरु

spot_img
spot_img

वीरगंज । समाजवादी पार्टी पर्साले आज देखी संगठन बिस्तार तथा सुदृढीकरण अभियान सुरु गरेकाे छ । केन्द्रिय समितिकाे निर्णय अनुसार माघ ३ गते देखी ३ महिनाको लागी पार्टीकाे संगठन बिस्तार तथा सुदृढीकरण अभियान (बिसु) देशको सातै प्रदेशबाट शुक्रबार देखी एक कार्यक्रमका बिच सुरुवात भए पछि पर्सामा समेत सुरु गरिएकाे समाजवादी पार्टीका पर्सा सचिव तबरेज अहमदले वताए ।

साे अभियान अन्तर्गत बिरगंज महानगरपालिकाको वडा नं. १७ मा धर्मदेव प्रसाद यादवको अध्यक्षतामा २१ सदस्यीय नगर एकाइ समिति समायोजन घोषणा कार्यक्रम सम्पन्न भएको उनले जानकारी गराए ।

समितिको घोषणा जिल्ला सचिव अहमदले गरेका थिए भने नवनिर्वाचित समितिको पदाधिकारी एवं सदस्यहरुलाई जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवले पद तथा गोपिनियताको सपत ग्रहण गराएका थिए । जिल्ला वरिष्ठ सदस्य सुन्दर कुर्मीले अभियानको उदेश्य र समायोजन बारे प्रष्ट पारेका थिए ।

कार्यक्रमकी प्रमुख अतिथि प्रदेश सांसद करिमा बेगमले संगठन नदिको पानी जस्तो गतिशील हुनुपर्ने बताइन । सोको लागी सम्पुर्ण पार्टी पंक्ति सयुक्त प्रयास पनि गर्नुपर्ने नेता कार्यकर्तालाई निर्देशन समेत दिइन ।

धर्मदेव प्रसाद यादवको अध्यक्षतामा भएकाे कार्यक्रममा बोल्दै महानगर कामिटी अध्यक्ष इश्वर यादवले पार्टी गतिविधि बिपरित कार्यगर्ने जो कोहिलाई पार्टीले कर्वाही गर्ने वताए । कार्यक्रममा पार्टी जिल्ला सदस्य बिरेन्द्र प्रसाद यादव, बिद्यार्थी नेता जाहिद प्रबेज लगायातको नेता कार्यकर्ताहरुकाे उल्लेखनीय उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...