Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

सडकमा चिसोले कठ्यांग्रिएरका लागि जनता क्बलको राहत

spot_img
spot_img

वीरगन्ज । वीरगन्जका युवाहरुको एक समुहले बिहिबार राती नगरक्षेत्रमा चिसोले कठ्यांग्रिएर जीवन विताईरहेका गरिब तथा असहायहरुलाई न्यानो लुगा वितरण गरेकाे छ ।

समाज विकासमा सक्रिया भुमिका निर्वाह गर्न एक युवाहरुको समूहले गठन गरेका जनता युवा क्लब नामक संस्थाले नगरक्षेत्रको फुतपाटमा आकासमुनी जीवन विताईरहेको गरिब तथा असाहायहरुलाई न्यानो लुगा तथा केहि खाद्यान्त वस्तुहरु वितरण गरेको हो ।

वीरगन्जको घण्टाघर, आर्दशनगर, माईस्थान, बसपार्क, पावरहाउस लगायतको विभिन्न चौक चौराहामा खुल्ला आकाशमुनी जीवन विताईरहेका व्यक्तिहरुको राहतको लागि कम्बल, स्वीटर र विस्कुट वितरण गरिएको क्लबका अध्यक्ष मंसुर खाँनले बताए । उनले करिब १ सय जनालाई कम्बल, ८५ जनालाई स्वीटर र खानको लागि विस्कुट वितरण गरेको बताए ।

बढ्दो चिसोबाट राहत उपलब्ध गराउँनको लागि हाम्रो क्लबले समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा बिहिबार राती नगरक्षेत्रमा रहेको गरिब तथा असाहायहरुलाई खोजी खोजी न्यानो लुगा तथा केहि खाद्यान्त वस्तुहरु राहत स्वरुप उपलब्ध गराएको बताए ।

यसअघि क्लबले वीरगन्जको नारायणी अस्पतालमा भर्नारत विरामीहरुको लागि फलफुल वितरण गरीसकेको छ । आउँने दिनमा पनि समाजिक क्षेत्रमा योगदान पु¥याउँने उदेश्यले विभिन्न क्रियाकलाप गर्ने तयारी गरीरहेको अध्यक्ष खाँनले बताए ।

राहत वितरण कार्यक्रममा क्लबका वरिष्ठ सल्लाहकार महमद नसरुदिन मन्सुरी, सल्लाहकार सतपाल सिंह , उपाध्यक्ष रमाशंकर सिंह, सचिब महमद अयुब हुसेन, कोषाध्यक्ष महमद मेराज, सदस्यहरु भेनस श्रेष्ठ, रोहन साह, अमित कुमार, योगेन्द्र गुप्ता, राकेश जी लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...