Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026

चिकित्सा क्षेत्र सुधार गर्न मेरो उम्मेदवारी : डा. सिंह

spot_img
spot_img

नेपाली चिकित्सकहरुको साझा संस्था नेपाल चिकित्सक संघले यो माघमा नयाँ नेतृत्वसहितको नयाँ टिम पाउँदै छ । यो साझा संस्थाले देशभरका चिकित्सकका समस्यालाई साझा समस्याको रुपमा लिँदै समस्या समाधान गर्न लाग्नु जरुरी छ । र त्यसैका लागि म यो संघको सहसचिवका लागि उम्मेदवार बनेको छु ।

चिकित्सकहरुको साझा मुद्धालाई उठाएर चिकित्सकका समस्या निराकरण गरी सशक्त रुपमा उभ्याउन सँधै मेरो भूमिका रहन्छ । चाहे त्यसका लागि आफू नै मेटिन किन नपरोस । यो साझा संस्थामा मैले सहसचिवका लागि उम्मेदवारी दिँदै गर्दा मेरो उम्मेदवारी किन भन्ने प्रश्न उठ्नु स्वभाविक हो ।

मैले मेरो कार्यकालमा निम्न कुरालाई मुख्य प्राथमिकतामा राखेको छु ।
 नेपालका सबैजसो दलका राजनीतिज्ञहरुले चिकित्सकलाई बधुवा मजदुर जस्तै गरी हेर्ने गरेको मैले अनुभव गरेको छु । यो मेरो मात्रै अनुभव नभई समग्र देशै भरका चिकित्सकहरुको अनुभव हो भन्ने ठानेको छु । अब यसलाई परिवर्तन गर्नु जरुरी भइसकेको छ । चिकित्सा क्षेत्रमा एमबीबीएस -MBBS_ अर्थात स्नातक -Bachelor Level_ पूरा गर्न ५ वर्षको समय लाग्छ । तर यो क्षेत्रभन्दा भिन्न क्षेत्रको स्नातक -Bachelor Level_ भने ३ वर्षमै सम्पन्न हुने गरेको तपाई हामीलाई जानकारी भएकै विषय हो ।

एउटै लेभलको पढाईमा किन समयान्तर फरक ? यो मात्रै होइन । एमबीबीएस -MBBS_ अध्ययन सकेर काम गर्ने समयमा पनि रात्रिकालिन ड्युटीको बोझ अझ भनि साध्य छैन । एउटा निजामती कर्मचारीसँगै तुलना गर्ने हो भने पनि उसले दिउँसोको ड्युटीमात्रै गर्छ तर चिकित्सक जहिल्यै पनि तत्पर रहनु पर्छ । चाहे रात, चाहे दिन । यस्तै एमबीबीएस -MBBS_ अर्थात चिकित्सा क्षेत्रको स्नातक तहको अध्ययनका लागि लाग्ने खर्च अन्य क्षेत्रको भन्दा कयाैं गुणा बढी छ ।

एउटै तहको शिक्षाका लागि यस्तो फरक आर्थिक भार किन ?
मेडिकल शिक्षाको लागि सरकारले महंगो शुल्क नै निर्धारण गरिदिएको छ । पढाउँदा महंगो (मुनाफामुखी) तर काम गराउँदा भने सेवामुखी (तलब भत्ता र अन्य सुविधा न्यून) गराइनु उपयुक्त छैन । चिकित्सकलाई सरकारले नै न्यून पारिश्रमिक दिने गरेको छ । सरकारले नै न्यून पारिश्रमिक दिँदा निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सस्थाहरुले पनि चिकित्सकहरुलाई त्यसै गरी न्यून पारिश्रमिकमा नै काम लगाउने गरेका छन् ।

चिकित्सकलाई रात्रि सेवामा काम गराउँदा वा विदाको दिन काम गराउँदा अन्तर्राष्ट्रिय क्षेत्रमा छुट्टै सेवा सुविधा उपलब्ध गराइने गरिएको छ । तर नेपालमा भने चिकित्सकहरु यस्तो सेवा सुविधाबाट बञ्चित छन् । विश्वका अधिकांस देशले चिकित्सकहरुको कार्यअवधि अनुसार सहुलिय दिने गरेको छ । यस्तो सहुलियत हामीले कहिल्यै पाएका छैनौँ ।
 ड्युटीमा रहेको चिकित्सकको सुरक्षा गर्नु राज्यको मुख्य दायित्व हो । ड्युटीमा रहेको चिकित्सक र सीमा सुरक्षार्थ खटिएका सैनिक एक हुन् । त्यसैले चिकित्सकलाई राज्य संयन्त्रले उचित सुरक्षा प्रवन्ध गराउनु पर्छ । चिकित्सकमाथिको हातपात तथा स्वास्थ्य सस्थामाथिको तोडफोडको तथ्यांक हेर्ने हो भने नेपाल दक्षिण एशियाकै अग्रपंतिमा पर्छ । यसको मतलब भनेकै चिकित्सा क्षेत्रमा राज्यले दिनु पर्ने सुरक्षा फितलो हुनु हो । चिकित्सक आफैँ असुरक्षित बनेर सेवा दिनु पर्दा गुणस्तर कस्तो होला आफैँ अनुमान गर्न सकिन्छ । यस तर्फ हामीले निरन्तर आवाज उठाउँदै आएको भए पनि राज्यले उपेक्षा गरिरहँदा चिकित्सा क्षेत्र नै धरासायी बन्दै गइरहेको छ ।
 अहिले सरकारले आधुनिक चिकित्सा पद्धतीबाट सेवा प्रदान गर्न धेरै गर्नै पर्दैन । भएका पुराना सरकारी अस्पतालहरुलाई नै पोष्ट ग्राजुएट इन्स्टिच्युट -post graduate institute_ मा परिवर्तन गर्नु जरुरी छ । यो हुन सके सेवा पनि आधुनिक हुने र गरिब जनताहरुले पनि निजी स्वास्थ्य संस्थामा गएर महंगो उपचार सेवा लिन पर्ने बाध्यता अन्त्य गर्न सकिन्छ ।

यस्तै सरकारी स्वास्थ्य संस्थाहरुमा पोष्ट ग्राजुएट इन्स्टिच्युट -post graduate institute_ खोल्दा हाम्रा जुनियर चिकित्सकहरुले सस्तोमा गुणस्तरीय पीजी लेभलको शिक्षा प्राप्त गर्ने अवसर पनि प्राप्त हुन्छ । अहिले देशैभर रहेका सरकारी स्वास्थ्य सस्थाहरु कोशी अस्पताल, भरतपुर अस्पताल, नारायणी अस्पताल, जनकपुर अस्पताल, नेपालगंज अस्पताल, लुुम्बिनी अस्पताल र अरु धेरै यस्ता अस्पतालहरुमा दैनिक हजारौँ ओपीडी बिरामीहरु उपचारका लागि आउने गर्छन । ती सस्थाहरुलाई पोष्ट ग्राजुएट इन्स्टिच्युट-post graduate institute_ मा परिवर्तन गर्दा बिरामीहरुले पनि सुपथ मूल्यमा उपचार पाउने र जुनियर चिकित्सकहरुले पनि देशमै पढ्ने मौका पाउने थिए । यसबाट उच्च शिक्षाका लागि विदेश बाहिरिने ठूलो रकम बच्ने थियो ।
 निजी स्वास्थ्य संस्थालाई सरकारले हेल्थ टुरिजमको अवधारणा अनुरुप प्रवद्धन गर्नु उचित देखिन्छ । अहिले सरकारले नै भ्रमण वर्ष २०२० भब्य रुपमा मनाईरहँदा टुरिजम हेल्थको रुपमा निजी स्वास्थ्य सस्थालाई अघि बढाउन सके विश्वका अरु देशका बिरामीहरुलाई उपचारका लागि भित्र्याएर देशले आर्थिक लाभ लिन सक्छ ।
 नेपाली चिकित्सकको बेथा आफ्नै छन् । चिकित्सक स्वंम बिरामी पर्दा आफ्नै उपचारका लागि लाग्ने खर्च पनि व्यवस्था गर्न नसक्ने अवस्था छ । खर्च जुटाउन नसक्दा चिकित्सक आफैँले ज्यान गुमाउनु परेको छ । चिकित्सक आफैँ आफ्नो उपचार गराउन खर्च व्यवस्थापन गर्न सक्ने अवस्था नरहँदा त्यसका लागि अब नेपालका सबै स्वास्थ्य सस्थाले चिकित्सकको उपचार निशुल्क गराउने व्यवस्था गर्नु पर्छ । अन्त्यमा, चुनावी मैदानमा उत्रँदा परिणाम जे पनि आउन सक्छ । चाहे म विजय या पराजय जे भए पनि माथि उल्लेखित मुद्धाहरु समग्र नेपाली चिकित्सकको साझा मुद्धा हो र हुनु पर्छ । चिकित्सकको यो साझा मुद्धा समाधानमा मेरो सँधै अडान रहिरन्छ । यो म एक्लैको मुद्धा नभई सबैले साझा मुद्धा बनाएर अघि बढे मात्रै समग्र चिकित्सकको भलाई हुने छ भन्ने मलाई लाग्छ ।

डा.निरज सिंहसँग गरिएको कुराकानीमा आधारित ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सुनसरी गोलीकाण्डको विरोधमा वीरगंजमा प्रदर्शन, घण्टाघरमा टायर बालेर नाराबाजी

वीरगंज । सुनसरीको कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक हिन्दु युवकको मृत्यु भएको घटनाको विरोधमा सोमबार साँझ वीरगंजमा हिन्दु संगठन तथा सर्वसाधारणले विरोध प्रदर्शन गरेका...

‘आत्महत्या होइन, हत्या हो’ भन्दै लक्ष्मी सिलवाल प्रकरणमा न्यायको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा गत शुक्रबार मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको मृत्यु शंकास्पद रहेको भन्दै निष्पक्ष छानबिन...

पर्सागढी–६ को सेवा सुचारु गर्न नगरपालिकालाई ७ दिने अल्टिमेटम

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिका वडा नं. ६ का सर्वपक्षीय प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा स्थानीय नागरिकहरूले वडा कार्यालयबाट करिब तीन महिनादेखि नियमित सेवा प्रवाह...