Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

योग दिवसकाे अवसरमा वीरगंजमा याेग शिविर

spot_img
spot_img

वीरगंज । सामुदायिक प्रहरी साझेदारी अन्तर्गत ग्रीन सिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी आदर्शनगर र जिवन विज्ञानको संयुक्त आयोजनामा योग दिवस मनाइएको छ ।

ग्रीन सिटीले ॅराष्ट्रिय एकता, योगको सान्दर्भिकता’ भन्ने नाराका साथ बुधबार आदर्शनगरको खुल्ला सडकमा पाँचौं राष्ट्रिय योग दिवस मनाएको हो ।

जीवन विज्ञानका धर्मराज सुवेदीले स्वास्थ्य शरीरका लागि योग अति आवश्यक रहेको बताए । उनका अनुसार अहिले मानिसमा सर्ने रोगभन्दा नसर्ने रोगको माहामारी बढेका छन् । सर्ने रोगबाट मृत्यु हुनेको संख्या घट्ने क्रममा रहेको उल्लेख गर्दै उनले प्रत्येक वर्ष सर्ने र नसर्ने रोगका कारण ८० देखि ९० प्रतिशत मानिसको मृत्यृ हुने गरेको बताए ।

शिविरमा ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान, ट्राफिक कार्यालय पर्साका प्रहरी नायब निरिक्षक कमल नेपाली, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी नायब निरिक्षक प्रेमबहादुर खत्री, आदर्शनगर प्रहरी चौकीका प्रनानी सुर्यनारायण चैँधरी, जिवन विज्ञानका सबिता खरेल, बबिता रिजाल, प्रिती केडिया, सुनिता गौतम लगायत संचारकर्मी र स्थानीयहरुको उपस्थिती रहेको थियो ।

त्यसैगरी आत्मज्ञान प्रचारसंघ वीरगंजका उषा शर्मा र सुरेन्द्र साहले आत्मज्ञान सम्बन्धी विशेष जानकारी दिएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...