Date
शनि, जेष्ठ २३, २०८३
Sat, June 6, 2026

थारु सम्बत् २६४४ र माघे संक्रान्ति वीरगंजमा पनि धुमधामकाे साथ मनाइयाे

spot_img
spot_img

वीरगंज । थारु सम्बत् २६४४ र माघे संक्रान्ति बुधबार वीरगंजमा पनि धुमधामकाे साथ मनाइएकाे छ । “समृद्ध राष्ट्र तथा समृद्ध समाज निर्माणका लागि सम्पूर्ण थारु समुदाय एक जुट बनाैं” मुल नाराका साथ विभिन्न कार्यक्रमकाे आयाेजना गरी मनाइएकाे हाे ।

वीरगंजकाे आदर्शनगर स्थित रहेकाे स्वीमिङ पुलमा माघि (खिचडी) महाेत्सव आयाेजना गरिएकाे थियाे । माघी मूल समाराेह समिति पर्साकाे आयाेजनामा भएकाे एक दिने महाेत्सवमा थारु सांस्कृती झलक्ने घांटाे, सामाचकेवा, थारु पूर्वि नाच समेत प्रस्तुत गरिएकाे थियाे ।

माघी मूल समाराेह समितिकी संयाेजक विजया ओझैया र श्री अनुप दिप्नि मावि काेल्भी बाराका जग्गा दाता  परिवारका विपिन विहारी चाैधरीकाे प्रमुख आतिथ्यतामा भएकाे महाेत्सव भएकाे थियाे ।

महाेत्सवमा स्थलमा घाेंङ्गी, कैकरा, माछा, परेवा, हाँस, कुखुरा, चिचर, लाइ, तिल आदी थारु विशेष परिकारकाे स्टल समेत राखिएकाे थियाे ।

महाेत्सव अघि थारु सांस्कृतिक दवावमुलक प्रभातफेरीकाे समेत निकालिएकाे थियाे ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रोहिणी नक्षत्रसँगै पर्सामा धानको बीउ राख्न सुरु, किसान अझै भारतीय बीउमै निर्भर

सेढवा । रोहिणी नक्षत्र सुरु भएसँगै पर्साका ग्रामीण भेगका किसानहरूले वर्षे धानबालीको तयारी तीव्र बनाएका छन् । किसानहरूले भदई तथा अगहनी धानअन्तर्गत सोना सारो,...

हरवाचरवा समुदायको पुनर्स्थापनाका लागि बजेट छुट्याउन सरकारलाई दबाब

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हरवाचरवा समुदायको सवाल समेटेकोमा स्वागत गर्दै मुक्त हरवाचरवा अधिकार मञ्चले यसको...

जगरनाथपुर गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाको प्रभावकारी कार्यान्वयन, लक्षित बालबालिकाको...