Date
मङ्ल, जेष्ठ ५, २०८३
Tue, May 19, 2026

माघे संक्रान्तिकाे अवसरमा बेल्वामा ४ दिने मेला, उदघाटन गरे नेता रुङ्टा

वीरगंज । खिच्डी र माघे संक्रान्तिकाे अवसरमा बिरगंज महनगरपालिका वडा न.३१ को बेल्वामा मेला लागेकाे छ । ४ दिन सम्म लाग्ने मेलाकाे एक समारोहका बिच नेपाली कांग्रेसका पुर्व सांसद अनिल रुङ्टाले उदघाटन गरेका छन् ।

मेलाले महानगरको दुर्गम वडाको रुपमा रहेको बेल्वा वडालाई बिकशित हुन मदत पुग्ने कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पुर्व सांसद रुङटाले शुभकामना ब्यक्त गरे । कार्यक्रमका विशिष्ट अतिथि नेपाली कांग्रेसका नेता रामनारायण कुर्मीले मेलामा सबैको सहभागिता रहेको हुदा हाट बजारले सबैलाई फाइदा पुर्‍याउने वताए ।

युवा नेता तथा समजिक अभियन्ता दिलिप राज कार्कीले बेलवामा सुरु हुने हाट बजारले युवा रोजगार र युवा ब्यसायीको लागि राम्रो मौका हुने र यहाको उपभाेक्तालाई सहज र सरल बजारको सुबिधा मिल्ने बिश्वास ब्यक्त गरे ।

बेलवामा हरेक हफ्ताको शनिवार र मंगलवार गरी दुइ दिन हाट बजार लागाउने उदेश्यले लागेकाे मेला आयाेजना गरिएकाे मेला आयेजक समितिका अध्यक्ष मनोज साहले वताए । उक्त वडाका वडाध्यक्ष चुमन चौधरी र स्थानिय अगुवा नवल किशोर झाको सकृयताले लागेको मेलामा सवै पार्टीका अगुवा र वडाका स्थानियले हामी हाम्रो वाडको प्रगतिमा जुटेर लाग्ने प्रतिबधता जाहेर गरे ।

समाजवादी पार्टीका अगुवा सुलेमन हुसैनले सबै छिमेकीहरुलाई ४ दिन सम्म लाग्ने मेलामा घुम्न आउन निम्तो समेत गरे । मेलामा मनोरञ्जनको ब्यवस्थाका साथै संस्कृति कार्यक्रम हुने र शनिवार बृहत कुस्तीको पनि आयोजना हुने वडाध्यक्ष चौधरीले बताए ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सदस्यता शुद्धीकरण र नयाँ सदस्यता वितरणको माग गर्दै पत्रकार महासंघ पर्सामा ज्ञापन

वीरगंज । नेपाल पत्रकार महासंघ पर्सामा सदस्यता शुद्धीकरण तथा नयाँ सदस्यता वितरणको माग गर्दै गठित संघर्ष समितिले मंगलबार महासंघ नेतृत्वलाई ज्ञापनपत्र बुझाएको छ । संघर्ष...

कृषि बन्धुवा मजदुरको पुनःस्थापनामा राज्य उदासीन, नीतिगत संवादमार्फत सरकारमाथि दबाब

काठमाडौं । राज्यको इच्छाशक्तिको अभावका कारण नेपालका कृषि बन्धुवा मजदुर समुदाय—मुक्त कमैया, हलिया, कमलरी र हरवाचरवाको न्यायोचित पुनःस्थापना अझै प्रभावकारी रूपमा हुन नसकेको निष्कर्ष...

दुई मुद्दामा म्याद थप गरी दुर्गा प्रसाईँमाथि अनुसन्धान, रिहाइको माग गर्दै समर्थकको प्रदर्शन

वीरगंज । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँमाथि दुई वटा मुद्दामा प्रहरीले म्याद थप गरेकाे छ...