Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

जगरनाथपुरमा २ दिने सेनेटरी प्याड बनाउने तालिम सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ५ मसिहानीमा सेनेटरी प्याड बनाउने २ दिने तालिम आज सम्पन्न भएकाे छ । दिव्य युवा क्लब बिरन्चीबर्वा र भिएसओ नेपालकाे साझेदारीमा संचालित किशाेरी सशक्तिकरणका लागि शिक्षा कार्यक्रम अन्तर्गत ठुलाे दिदीहरुकाे लागि भएकाे तालिम सम्पन्न भएकाे हाे ।

तालिममा सेनेटरी प्याड बनाउनुकाे साथै त्यसकाे प्रयाेग र ध्यान दिनु पर्ने कुराकाे बारेमा समेत प्रशिक्षण दिइएकाे परियाेजना संयाेजक गणेश ठकुरीले वताए । ठूलाे दिदीहरुकाे प्रजनन् स्वास्थ्य र महिनवारी हुदा सेनेटरी प्याड प्रयाेग विधि, सावधानी अपनाउने कुराकाे बारेमा समेत छलफलकाे माध्यमले प्रशिक्षण दिइएकाे  थियाे ।

सहभागिहरुलाई प्रशिक्षक शाेभा भुजेल, भिएसओ नेपालका कमला उप्रेती र प्रिति शर्माले प्रशिक्षण दिएका थिए । श्री नेरा मावि मसिहानीमा भएकाे तालिममा १८ जना ठुलाे दिदीहरुकाे सहभागिता रहेकाे कार्यक्रम अधिकृत देवता रिजालले वताईन ।

यस्तै पर्साकाे दुई गाउँपालिकाकाे ५ ठाउँमा एक सय २६ जना ठुलाे दिदीहरुलाई सेनेटरी प्याड बनाउने २ दिने प्रशिक्षण दिने कार्यक्रम रहेकाे उनले जानकारी गरईन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...