Date
आइत, साउन २४, २०८३
Sun, August 9, 2026

मौसम विज्ञान र शितलहर

spot_img
spot_img

जलमण्डल, भु–मण्डल तथा वायुमण्डल जस्ता वातावरणका मुख्य घटकहरुले जैविक संसारलाई आधार प्रदानगरि जीवमण्डलको अस्तित्व कायम गरिरहेका हुन्छन । समुदायमा आधारित विपद जोखिम ब्यवस्थापन (Community Based Disaster Risk Managment) अन्तर्गत गरिने कार्यक्रमहरुको उचित मापदण्ड बनाउनु, पुर्व सूचना प्रणालीलाई व्यवस्थित बनाउनु, कृषी व्यवस्थापन सुचना प्रणालीलाई सक्रिय बनाउनु, प्राकृतिक प्रकोप रोकथाम गर्नु, बिकासका पुर्वाधार संरक्षण गर्नु, भुमी उत्पादकत्व तथा सामुदायिक भुसंरक्षण गर्नु, समूह परिचालन तथा सशक्तिकरण गर्नु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय, प्रादेशीक तथा स्थानीय पालिकाहरुको योजना कार्यक्रमहरु प्रभावकारी बनाउनुको साथै जीवनदायी उत्पादनसिल वातावरण निर्माण गर्न मौसमको बारेमा हरेक मानिसमा चासो हुनु स्वभावि कै हो । वास्तवमा मौसम विज्ञान “Meterology” भौतिक भूगोलको एउटा शाखा हो जहाँ वायुमण्डलमा हुने विभिन्न मौसमी गतिविधिहरु तापक्रम, वर्षा, आर्द्रता, वायुमण्डलीय चाप, हावाको गति र दिशा, बादल, सुर्यतापउर्जा सन्तुलन लगायत वायुमण्डलयीय परिसंचालन, स्थानियएवं मौसमीवायु , वायुराशी, चक्रवात, प्रतिचक्रवात, वायुमण्डलीय प्रकोप तथा चरम घटनाहरु, मौसम भविष्यवाणी, मौसम जलवायु परिवर्तन आदिलाई मुख्य केन्द्र बिन्दुको रुपमा अध्ययन र अनुसन्धान गर्ने गरिन्छ । यस विज्ञानलाई जलवायु विज्ञान, ऋतु विज्ञान, वायु विज्ञान आदिको नामले चिनिन्छ ।

विभिन्न मौसम विद्का अनुसार छिनछिनमा परिवर्तन भईरहने वायुमण्डलिय अवस्था नै मौसम (Weather) हो । जलवायु विज्ञानको हिसाबले मौसम ऋतु अनुसार बदली रहेको हुन्छ । ऋतु एक वर्षभन्दा छोटो कालखण्ड हो । जसले वर्षलाई वसन्तसम्पात (March–21), कर्क संक्रान्ति (June–21), शरद सम्पात (Sep–23) र मकर संक्रान्ति (Dec–22) गरी विभिन्न भागमा विभाजित गर्दछ । पृथ्वीको वार्षिक गति र अक्षीय झुकाव (23.5) डिग्रीको कारणले ऋतु परिवर्तन भई चक्रिय रुपमा मौसम फेरबदल भईरहेको हुन्छ । पृथ्वी सुर्यको वरिपरि करिब ९६.६ करोड कि.मि. को दुरीमालगभग १६९० कि.मी प्रति घण्टाको दरले दीर्घवृतकार कक्षमा पश्चिम देखी पूर्वतिर २३.५ डिग्री को झुकावमा परिक्रम गरिरहेको कारण उत्तरी तथा दक्षिणी गोलाद्र्धमा गर्मी र ठण्डी मौसम हुने गर्छ । पृथ्वीले सुर्यलाई विभिन्न अवस्थामा परिक्रमण गरिरहेको बेला मार्च–२१ र Sep–२३ अर्थात सम्पातको बेला सुर्यको सिधाकिरण भुमध्य रेखामा लम्बरुपले चम्किरहने हुंदा पृथ्वीको दुबै गोलाद्र्धमा गर्मी ठण्डी बराबर (दिन रात) हुने गर्दछ । Sep 23 पछि दक्षिणी अक्षांश रेखाको आधा भन्दा अधिक भागमा प्रकास आउन थाल्छ र उत्तरी अक्षांश रेखाको आधा भन्दा अधिक भाग अन्धकारमा हुन पुग्छ । यसरी शरद ऋतुको बर्हिगमन संगै हेमन्त ऋतुको आग्मन संगै Dec-22 को समयमा सुर्य मकर रेखाको २३.५ंं क माथि लम्ब रुपले चम्किरहेको हुन्छ । यो बखत उत्तरी गोलाद्र्धमा लामो रात र छोटो दिन हुन्छ । पृथ्वीको यस अवस्थाको दिनलाई मकर स्रक्रान्ति (Winter Solstices) भनिन्छ । यस समयमा नेपालमा करिब १४ घण्टाको रात र १० घण्टाको दिनहुन्छ । रातलामो संगसंगै ठण्डी (चिसो) ले पनि आफ्नो ब्रचस्व जमाईरहेको हुन्छ ।

परापूर्वकालदेखी नै मानव समुदाय हेमन्त शिशिर ऋतुको मध्य भाग तिर अर्थात पौष माघको समयमा विभिन्न शितकालीन मौसमी घटनाहरुको चपेटमा रहंदै आईरहेका छन । पृथ्वीको वरिपरि रहेकाविभिन्न ग्यांसहरुको बाक्लो आवरण वायुमण्डल हो र यसले पृथ्वीको वातावरणलाई सन्तुलन राख्ने काम गर्छ । वायुमण्डलको करिब ७५ प्रतिशतभार सबभन्दा तल्लो तह निम्नमण्डल (Troposhere) मा हुन्छ र पृथ्वीमाहुने प्रायःमौसमी घटनाहरु यसै तहमाहुने गर्दछन् । करिब शुन्य देखि ४ प्रतिशतको अनुपातमा वायुमण्डलमा रहेको जलवाष्प (आद्रता) कै कारण कुनै पनि स्थानको मौसम र जलवायु बढि प्रभावित हुन्छ । यति मात्र नभई यही जलवाष्प चिसो मौसमको बेलाआफ्नो अवस्थामा परिवर्तन ल्याई शीत, कुहिरो, तुसारो, हुस्सु, हिमवृष्टि आदिको रुपमा परिवर्तित हुन्छ ।

१. शीत–ओस) : वायुमण्डलमा हुने संक्षेपण प्रकृया (Condensation Process) को एक विशेष रुप शित हो । जमिनसंगै टाँसिएर सतहनजिक रहेको हावामा जलवाष्पको मात्रा अपेक्षा अनुसार अधिक नै हुन्छ र कन्डेस्न प्रकृया द्धारा प्रायः रातको समयमा विकिरण वा सम्पर्क चिसोपन Contact Cooling बाट जलवाष्प थोपामा परिणत भई शीत बन्दछ । थोपाको रुपमा परिणत हुंदा वजन बढन गई हावाले समात्न नसकि जलकणको रुपमा पात घाँस माथि खसेको देखिन्छ । उच्च सापेक्षिकआर्दता, बादल रहित सफा आकाश, धरातलीय विकिरणद्वारा तिब्र गतिमा तापशक्तिको ह्रास, लामो रात तथा शान्त गतिको वायु आदि जस्ता परिस्थिती शीत (ओस) निर्माणमा अहमभुमिका खेल्छन ।

२. तुसारो (पाला) : जब धरातलको तापक्रम शुन्य डिग्री भन्दा तल झर्छ, त्यो बेला माटो हावामा रहेको जलवाष्प सिधै ठोस (हिमकण) को रुपमा रुपान्तरण हुन्छ । यसैलाई तुसारो वा पाला पर्नु भनिन्छ । यो उध्र्वपतन (Sublimation) प्रकृयाद्वारा निर्माण हुन्छ । आर्थिक दृष्टीकोणले तुसारो अत्यधिक हानिकारक हुन्छ किनभने यसले प्रायः आलु, टमाटर, अरहर, लहसुन, तोरी जस्ता हिंउदे बालीनाली नष्ट गर्दछ ।

३. कुहिरो (Fog) र हुसाे (Mist) : धरातल सतहको माथि रहेको आद्र्र हावा अत्यधिक चिसोको कारण जल कणको समुहमा परिणत भई धंधको रुपमा बसिरहेको हुन्छ । त्यसैलाई कुहिरो वा हुस्सु लागेको भनिन्छ । बादलको निर्माण प्रायः तातो हावा माथि गई चिसो हुने कारणले हुन्छ तर यिनीहरुको निर्माण धरातलीय सतहको नजिक विकिरण परिचालन (Condensation) तथा तातो र चिसो हावाको समिश्रणबाट हुने गर्दछ । मौसम बिज्ञानको अनुसार कुहिरो एक किसिमको बादल नै हो । जुन सामान्य बादल भन्दा विपरित धरातल संग जोडिएर धरातलको भिजिबलिटी दृश्य एक कि.मीं कम हुन्छ । कुहिरो लागेको समयमा दैनिक जनजिवन अति नै कष्टकर हुन्छ र जल कणको समुह दृश्य हुन्छन । कुहिरो दिन भरी वा केही हप्ता सम्म आकाशलाई ढाकेर बसेको हुन्छ तथा सुर्यले किरणलाई जमिन सम्मआउन छेकिरहेको हुन्छ । यस अवस्थामा जलकणको ब्यास १०० माइग्रेन भन्दा कम हुन्छ ।

हुस्सु (Mist) : सामान्यतः कुहिरो, धुंद, धुहासा आदि नामले चिनिन्छ । हुस्सु लागेको बेला धरातलको भिजिब्लिटी (१—५) कि.मी. सम्म हुन्छ । र जलकणका समुह अदृश्य हुन्छन । हुस्सु लागेको समयमा वायुमण्डलिय सापेक्षिक आर्दता ७० प्रतिशत भन्दा बढी नै हुन्छ । यस अवस्थामा मानिसको जनजीवन अति कष्टकर हुंदैन । साथै सुर्योदयले आगमन संगसंगै हुस्सु समाप्तभएर जान्छ ।
उष्ण कटिबन्धीय क्षेत्र (Area of Tropics) मा कुहिरो हुस्सु चिसो महिनामा बढी देखिन्छ तर ३५ डिग्री अक्षांश भन्दा माथि प्रायः सबै ऋतुहरुमा देखा पर्छन् ।

४.शितलहर (Cold Ware) : नेपालमा हुने प्रमुख विपद्जन्य प्रकोपहरु बढी पहिरो, महामारी ,हिमस्खलन, भुकम्प, हिमताल विष्फोट, खडेरी, आँधीबेहरी, चट्याङ्ग, असिना पर्नु, लू–चल्नु, जस्तै शितलहर पनि एक प्रमुख प्राकृतिक प्रकोप वा विपद हो जुन नेपालको मुख्य तराई ईलाकामा चल्ने शीतकालीन लहर हो । प्रायः पुस–माघ महिनामा अत्यधिक चिसोको कारण वायुमण्डलको तल्लो तहलाई बाक्लो हुस्सु-कुहिरोले ढाक्दा सुर्यको तापशक्ति हप्तौ दिन सम्म धरातलमा नआउँदा आकासबाट चिसो शित खस्नुको साथै वायुमण्डलीय तापमान एकदमै न्यून भई उत्तर पश्चिम दिशाबाट आउने शुष्क एवं चिसो हावाले बाक्लो हुस्सु र कुहिरो बगाउने प्रकृया नै सितलहर हो । मौसम बिज्ञानको दृष्टीकोणले शितलहर पनि जल वा जलवायु संग सम्बन्धित प्राकृतिक विपद हो । छिमेकी मुलुक भारतको उत्तरी क्षेत्र बिहार, उत्तर प्रदेश, हरियाणा, पंजाब, दिल्ली ईलाकामा दिनप्रतिदिन बढदै गईरहेको शहरीकरण, औधोगिकरण तथा जनसंख्या बृद्धीले गर्दा वायुमण्डलमा सल्फर डाइअक्साइड, नाईट्रोजनडाइअक्साइड जस्ता प्राणघातक ग्यास धुंवा, धूलोसंग मिली वायु प्रदुषण बढदै जाँदा नेपालको तराई क्षेत्रमा हरेक वर्ष शितलहरको प्रकोप बढदै गई रहेको देखिन्छ । यति मात्र नभई बिकासको नाममा तराई क्षेत्रमाभई रहेको जनसंख्याको वृिद्ध  जग्गा प्लैटिङ्ग सहितको वनबिनास, कृिष क्षेत्रमा प्रयोग हुने विषादी, तिब्र गतिमाबिना मापदण्ड संचालन हुने कलकारखाना लगायत बढदो सवारी साधनले हुने वायु प्रदुषणले गर्दा पनि तराई क्षेत्रमाशितलहर विपदको रुपमा चर्चामाआईरहेको देखिन्छ ।

शितलहर अरु प्रकृतिकप्रकोप जस्तो भौतिक क्षती नगरे ता पनि यसले देशको कुल जनसंख्याको लगभग आधाबसोबास गर्ने तराई क्षेत्रको अधिकांश स्थानमा विपद ल्याउने गर्दछ । संयुक्त राष्ट्रिसंघीय बिकास कार्यक्रम UNDP काे मानव बिकास प्रतिबेदन अनुसार एशियाका ५८ राष्ट्रयहरु मध्ये नेपाल तेस्रो अति गरिब राष्ट्र हो । जसको मानव बिकास सुचांक छैठौ न्युन स्थानमा छ । तसर्थ शितलहरको कारण तराईका विपन्न वर्ग, बालबालिका, महिला, जेष्ठ नागरिक, सिमान्तकृत समुदायका मानिसहरु न्यानो कपडाको अभावमा कोल्ड डाइरिया, रुघाखोकी, निमोनिया, ज्वरो, हाइृपोथर्मिया जस्ता रोगको सिकार भई मृत्यु हुने गरेको समाचार दिनहुं रेडियो, टि.भी. तथा पत्रपत्रिकामा आईरहेको हुन्छ ।

एकात्मक शासन प्रणालीबाट हाम्रो देश नेपाल संघीयतामा प्रबेश गरी देशमा संघ, प्रदेश र स्थानिय गरी तीन तहको सरकार स्थापित भए ता पनि जलमौसम संग सम्बन्धित पूर्व सुचना तथा चेतावनी प्रणालीको बारेमा आम जनसमुदायमा ज्ञान नहुंदा यस्ता विपदीबाट दिनप्रतिदिन कष्टकर जीवन बिताउन बाध्यभएका छन् । अतः पुर्व सुचना प्रणालीको बिकास संगसंगै विपद ब्यवस्थापन चक्र अन्तर्गत गरिने पूर्व तयारी, न्यूनीकरण, रोकथाम संगै खोज,उद्दार एंव राहत र पुर्नस्थापना तथा पुननिर्माण कार्यलाई थप व्यवस्थित बनाउन स्थानीय स्तरमा नै परिस्थिति अनुसार अल्पकालीन र दीर्घकालीन रणनीतिहरुको तर्जुमा गरि संङकटा सन्नता वा जोखिममा रहेका समुदायलाई जागरुक तथा सबल बनाउनु आजको आवश्यकता हो ।

 अखलेश चौरसिया
(सहायक मौसम विद्)
जल तथा मौसम विज्ञान कार्यालय
सिनप्टिक केन्द्र, दाङ–घोराही
फिल्ड इन्चार्ज

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सागढीमा ‘जनसेवा अभियान’ : बस्तीमै स्वास्थ्य परामर्श र सामाजिक सुरक्षा सेवाबारे जनचेतना

वीरगंज । जनसेवा, स्वास्थ्य सचेतना तथा सामाजिक सुरक्षासम्बन्धी जानकारी समुदायसम्म पुर्‍याउने उद्देश्यले सञ्चालित ‘जनसेवा अभियान–पर्सागढी नगरपालिका’ अन्तर्गत पर्सागढीका विभिन्न बस्तीमा जनजागरण तथा जनसहभागितामूलक कार्यक्रम...

वीरगंजकाे ट्राफिक व्यवस्थापनबारे जेन–जी पर्सा र ट्राफिक प्रहरीबीच छलफल

वीरगंज । जेन–जी पर्साका संयोजक विशेष साहको नेतृत्वमा जेन–जी पर्साको टोलीले जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रमुख दीपेन्द्र श्रेष्ठसँग भेटघाट गरी वीरगंज तथा पर्सा...

पर्सामा ३९ किलोभन्दा बढी गाँजा बरामद, ३ मोटरसाइकलसहित एक जना पक्राउ

वीरगंज । पर्साको विन्दवासिनी गाउँपालिकाबाट सशस्त्र प्रहरीले ३९ किलोभन्दा बढी गाँजाजस्तो देखिने पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १३...